ताजा अपडेट »

केदार घिमिरे (माग्ने बुढा) चलचित्र ‘जेरी अन टप’ अनुबन्धित

आइतबार, १३ असोज २०८१, ०९ : ३०
16 Shares
आइतबार, १३ असोज २०८१
16 Shares

काठमाडाैं । चर्चित हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) सुयोग गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘जेरी अन टप’ अनुबन्धित भएका छन्। शुक्रबार मात्रै निर्माण टिम र घिमिरेबीच सम्झौता भएको हो।

केदार चलचित्रको मुख्य भूमिकाका लागि देखिने निर्माता सरोज न्यौपानेले जानकारी दिए। यसअघि चलचित्रको मुख्य भूमिकाका लागि अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, सुरक्षा पन्त अनुबन्धित भइसकेका छन्।

निर्माता न्यौपानेले नेपाली चलचित्रमा हालसम्म पर्दामा नदेखिएको कथावस्तुमा आफ्नो चलचित्र निर्माण हुन लागेको भन्दै पछिल्लोक्रममा नेपाली दर्शकले रुचाउँदै आएको परिवेशमा फिल्म निर्माण हुने बताए। 

‘जेरी अन टप’ को कथा हेमराज बिसीको हो। चलचित्रको स्कृप्टमा चर्चित कथावाचक साइग्रेस पोखरेल पनि जोडिएका छन्। यो चलचित्रलाई काठमाडौँ, लुक्ला र बलिउडको ब्लकबस्टर फिल्म ‘थ्री इडियट्स’ छायांकन स्थल लद्धाक लगायतका स्थानमा खिचिँदैछ। 

कलाकार केदार घिमिरे (माग्ने बुढा) काे याे हाेम प्राेडक्सन बाहीरकाे दाेश्राे चलचित्र हाे । उनि दिपक दिपा संगैकाे सहकार्यमा बनाइने चलचित्रमा मात्र देखिदै आएका थिए । 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।