ताजा अपडेट »
कला/मनाेरञ्जन

चलिचत्र ‘एक्टर’ को टिजर सार्वजनिक, प्रदीप खड्का तथा राजवल्लभ कोइराला मुख्य भमिकामा

शनिबार, १२ असोज २०८१, २२ : ०६
26 Shares
शनिबार, १२ असोज २०८१
26 Shares

​ काठमाडौँ । तिहारको अवसर पारेर कार्तिक १५ मा प्रदर्शन तयारी गरिरहेको चलचित्र ‘एक्टर: टेक वन’ को टिजर सार्वजनिक गरीएको छ । टिजरबाट चलचित्रको कथावस्तुबारे महत्त्वपूर्ण खुलासा हुन्छ ।

दिब्यदेवको आवाजमा न्यारेसनबाट टिजरकाे सुरुवात हुन्छ । उनी भन्छन्-‘भनिन्छ नि मानिसले आफ्नो हैसियतअनुसारको सपना देख्नुपर्छ। किनकी सपनाले जब आफ्नो हैसियत देखाउन थाल्छ, त्यसको भारी मूल्य आफैले चुकाउनुपर्छ ।’ चलचित्रको ‘बटमलाइन’ समेत प्रस्तुत गर्ने यो डायलगसँगै टिजर सुरु हुन्छ ।

चलचित्रका मुख्य पात्र प्रदीप खड्का चोटग्रस्त रूपमा तलाउमा डुबेसँगै टिजर अगाडी बढ्छ। टिजरमा एक अभिनेताले दुई युवतीसँग रोमान्स गरेकाे देख्न सकिन्छ । कथाअघि बढ्दै जाँदा प्रेम र धोकाको खेल सुरु भएको थाह लाग्छ । त्यसपछि  राजवल्लभ कोइराला लाइ स्क्रिनमा देखिन्छन र भन्छन्- एक्टर, ब्याड लक, दिस इज माइ स्टोरी ।’ 

यो दृश्य र संवादले फिल्मका मुख्य पात्र प्रदीपसँग राज वल्लभको टकराब हुने देखिन्छ । दुई युवतीको भूमिकामा आना शर्मा र दिव्या रायमाझीले अभिनय गरेका छन् ।  दिव्या अभिनेता दिलिप रायमाझीकी छाेरी हुन । टिजर हेर्दा , ‘एक्टर’ प्रदीप र राजवल्लभ  एक अर्काकाे आमनेसामने हुँदाको कथा हो  भन्ने बुझिन्छ।  झन्डै एक दशकपछि चलचित्रमा फर्किएका राज वल्लभको दृश्य उनका फ्यानका लागि भिजुअल ट्रिट हो । नव अभिनेत्री  दिव्याले यो चलचित्रबाट अभिनय करिअर सुरुवात गरेकी हुन् । 

चलचित्र लाई राजन भुषालले निर्देशन गरेका हुन् । अदृत फिल्मस् र मोती फिल्मस्काे संयुक्त प्रस्तुतिमा थमन भण्डारीले एक्टरकाे निर्माण गरेका हुन् । अनिश भुसाल सह-निर्माता रहेको चलचित्रमा  क्रियटिभ प्रोड्युसर मोती कार्की छन् भने पटकथा आकाश बराल र राजन भुसालले संयुक्त रूपमा लेखेका हुन् ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।