ताजा अपडेट »

प्राकृतिक प्रकोप बारे छलफल गर्न गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक

शनिबार, १२ असोज २०८१, १० : ३०
24 Shares
शनिबार, १२ असोज २०८१
24 Shares

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बाढी पहिरो सहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत उद्धार तथा सहायता प्रभावकारी बनाउने लगायतका विषयमा छलफल गर्न केन्द्रिय सुरक्षा समितको बैठक बोलाएका छन् ।

केन्द्रिय सुरक्षा समितको बैठक केही बेरमा आज सिंहदरवारस्थित गृहमन्त्रालयमा बस्दै छ ।

साथै गृहमन्त्री लेखकले मुलुकका विभिन्न स्थानमा भइरहेको वर्षा,बाढी पहिरो र डुबानको समस्याबाट जनधनको क्षति हुनका साथै प्राकृतिक जोखिमबाट जनजीवन अस्तव्यस्त बनेको परिस्थितिमा सर्तक रहन र सुरक्षित स्थानमा बसी उच्च सर्तकता अपनाउन आग्रह समेत गरेका छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।