ताजा अपडेट »

अविरल वर्षाका कारण आन्तरिक उडान बन्द

शनिबार, १२ असोज २०८१, ०८ : ५२
90 Shares
शनिबार, १२ असोज २०८१
90 Shares

काठमाडौँ । अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान बन्द भएको छ । 

 वर्षा नरोकिएको र वैकल्पिक विमानस्थल नहुँदा आन्तरिकतर्फ उडान हुन नसकेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले बताए । उनले भने, ‘आन्तरिक तर्फ उडान हुन सकेको छैन।’ 

काठमाडौँ बाहिर नागरिक उड्डयन कार्यालयका सबै स्टेसन बन्द छन् । अन्तर्राष्ट्रिय तर्फ शनिवार दोहाबाट आएको कतार एयरवेजको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।