ताजा अपडेट »

नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भाँसियो

शनिबार, १२ असोज २०८१, ०७ : १०
144 Shares
शनिबार, १२ असोज २०८१
144 Shares

चितवन । नारायणगढ-मुग्लिङ्ग सडक खण्ड अन्तर्गत ९ किलोमा सडक भाँसिएको छ । सडक दबेको कारण ठूला सवारीसाधन आवागमन पूर्णरूपमा अवरोध भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । सडक भाँसिएको ठाउमा एउटा गाडी पल्टिएको छ ।

भाँसिएको ठाउँमा ग्रावेल फिलिङ्ग गरी  मर्मतको कार्य हुँदै गरेकोले, उक्त सडक खण्डमा आवश्यक सावधानीका साथ सजकता अपनाई प्रयोग गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ । लगातारको बर्षाको कारणले गएराती यस सडकमा यातायातमा रोक लगाइएको थियो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।