ताजा अपडेट »

महिन्द्राले स्कोडा र फक्सवागन इन्डियाको ५० प्रतिशत सेयर खरिद गर्दै

शुक्रबार, ११ असोज २०८१, २३ : ३२
14 Shares
शुक्रबार, ११ असोज २०८१
14 Shares

भारतिय अटो निर्माता महिन्द्राले स्कोडा अटो र फक्सवागन इन्डियाको ५० प्रतिशत सेयर खरिद गर्ने सम्झौतालाई अन्तिम चरणमा पुर्याएको छ । मिडिया रिपोर्टका अनुसार महिन्द्राले स्कोडा अटो र फक्सवागन इन्डियाको ५० प्रतिशत सेयर ८० करोड देखि १ बिलियन डलरको मुल्यमा खरिद गर्न खोजेको हो ।

यो सम्झौता पूरा भएमा महिन्द्राको उत्पादन क्षमता बृद्धि हुने र सवारी साधनको संरचना तथा प्रविधिहरूमा पहुँच प्राप्त हुनेछ । अर्कोतर्फ, यसको युरोपेली साझेदारले भविष्यका आईसिई र ईभी कारका लागि महिन्द्राको कम लागतको प्लेटफर्मबाट लाभ उठाउनेछ ।

पछिल्लो रिपोर्ट अनुसार यी दुई कम्पनीबिच वार्ता अझै जारी छ । स्कोडा अटो र फक्सवागन इन्डियाले २ अर्ब डलरको मूल्याङ्कन खोजिरहेको भएपनि ८० करोडदेखि १ अर्ब डलरमा सम्झौता हुने पक्कापक्कि जस्तै भएको हो । महिन्द्राले आफ्नो नयाँ फ्लेक्सिबल आर्किटेक्चर (एनएफए) प्लेटफर्म सेयर गर्ने ४ हजारदेखी ५ हजार करोड भारुसम्म लगानी थप गर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौताले नेक्स्ट जेन कुशाक र टाइगुनको विकासलाई असर गर्न सक्ने उल्लख गरिएको छ । सम्झौता कार्यन्वयनमा आएपछि यी दुबै ब्रान्डका एसयूभीमा फक्सवागनको इन्जिन प्रयोग हुने र लगात घटाउन महिन्द्राको एनएफए प्लटेफर्म प्रयोग गरिने जनाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।