ताजा अपडेट »
महजात्रा

दश वर्षपछि महजाेडी एकसाथ मञ्चमा, कात्तिक २९ गतेदेखि ‘महजात्रा’ प्रहसन

शुक्रबार, ११ असोज २०८१, २३ : १३
20 Shares
शुक्रबार, ११ असोज २०८१
20 Shares

काठमाडौं । लाेक प्रिय कलाकार महजोडीले यही कात्तिक २९ गतेदेखि ‘महजात्रा’ प्रहसन प्रस्तुत गर्ने भएका छन् । उनिहरूले कात्तिक २९ गतेदेखि नेपाल पज्ञा प्रतिष्ठानमा ‘महजात्रा’ प्रहसन गर्न लागेका हुन । महजोडी दश वर्षपछि फेरि एकसाथ मञ्चमा आउन लागेको हो । हास्य व्यङ्ग मार्फत दर्शकलाई हसाउँदै समाजप्रति सोच्न बाध्य पार्ने उद्देश्यले ‘महजात्रा’ गर्न लागिएको बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

प्रहसनमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठसँगै कलाकार किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिमखडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभुषा बस्नेतलगायतको प्रस्तुति रहने बताइएको छ । 

प्रहसनको मुख्य उद्देश्य हास्यव्यंग्यको माध्यमबाट समाजमा रहेका समसामयिक समस्याहरू र विविध मुद्दाहरूलाई उजागर गर्नु रहेको बताइएको छ । नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना तथा सांस्कृतिक विकृतिलाई व्यंग्यको माध्यमबाट प्रस्तुत गरिने मदनकृष्ण श्रेष्ठले बताए । 

उनले आफूहरू कुनै पनि राजनीतिक दलसँग अहिलेसम्म नगाँसिएको र सबै दललाई बराबर नजरले हेरेको बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।