ताजा अपडेट »

‘फ्यामिली म्यान’ बाट अमेजन प्राइममा सुनिल थापाको डेब्यु, मनोज बाजपेयीसँग वेब सिरिज  खेल्दै

शुक्रबार, ११ असोज २०८१, २२ : १७
20 Shares
शुक्रबार, ११ असोज २०८१
20 Shares

काठमाडौं । नेपाली सिने क्षेत्रका चर्चित अभिनेता सुनिल थापाले अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडिओमा ‘डेब्यु’ गर्ने भएका छन् । थापाले भारतीय वेब सिरिज ‘द फ्यामिली म्यान’ मार्फत अमेजन प्राइममा डेब्यु गर्न लागेका हुन् ।

यसबारे थापा स्वयंले फेसबुकमा एक पोस्ट शेयर गर्दै जानकारी दिएका छन् । पोस्टमा उनले लेखेका छन्, ‘मनोज बाजपेयी र दलिप ताहिलको साथमा ‘द फेमिली म्यान’का लागि नागाल्याण्डमा भएको शुटिङ अविश्वसनीय रह्यो । म मेरो नागामेस टिचर टियालाई पनि धन्यवाद दिन चाहन्छु । माया र साथको लागि सबैलाई धन्यवाद ।”

थापाले ‘द फ्यामिली म्यान’ मा आफ्नो भूमिकाबारे केही खुलाएका छैनन् । उनले यसअघि सन् २०१४ मा प्रियंका चोपडा अभिनित ‘मेरी कोम’ नामक बलिउड चलचित्रमा काम गरिसकेका छन्। 

‘द फ्यामिली म्यान’ को सिजन १ र २ क्रमशः सन् २०१९ सेप्टेम्बर र सन् २०२१ जुनमा रिलिज भएको थियो । सिजन -३ को रिलिज डेट सार्वजनिक भएको छैन ।

सिरिजमा अभिनेता मनोज बाजपेयी, शरिब हास्मी, प्रियामणि लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।