ताजा अपडेट »

प्राइम बैंक १८औं वर्षमा, लुम्बिनी प्रदेश कार्यलयले गर्याे बुटवलमा रक्तदान

शुक्रबार, ११ असोज २०८१, १९ : ०१
182 Shares
शुक्रबार, ११ असोज २०८१
182 Shares

बुटवल । प्राइम बैंकलिमिटेड  १८औं वर्षमा प्रवेश गरेकाे छ । साे अवसरमा बुटवल पाल्पा रोडमा रहेको प्राइम कमर्शियल बैंकमा रक्तदान कार्यक्रम गरिएको छ । प्राइम बैंकको १८ औं वर्ष प्रवेशको अवसरमा केन्द्रिय कार्यक्रम अन्तरगत पाल्पा रोडमा रहेकाे लुम्बिनी प्रदेश कार्यालयमा रक्तदान कार्यक्रम गरिएको हो । 

रगतको अभावमा कसैको पनि ज्यान नजाओस् भन्ने उद्देश्यका साथ बैंकको केन्द्रीय कार्यक्रम अनुसार बुटवलको प्रदेश कार्यालयमा रक्तदान कार्यक्रम गरिएको बैंकका प्रदेश प्रमुख कुशसुदन सिंहले बताए । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको उल्लेख गर्दै यस स्थापना दिवसको अवसरमा देशै भरीका पाएक परेका शाखामा रक्तदान कार्यक्रम गरेर दिवस मनाइएको जानकारी दिए । 

b89baf57-3fa7-4aad-9866-78b1ef8fd212

कार्यक्रममा बैंकका प्रदेश रिलेशनसीप म्यानेजरद्वय अरुणकुमार सापकोटा, सन्तोष ज्ञवाली, बुटवल पाल्पा रोडका शाखा प्रवन्धक शिव बस्नेत, सिद्धार्थनगर भैरहवा शाखा प्रवन्धक बाबुराम अर्याल, बुटवल चौराहा शाखा प्रवन्धक सन्दिप पौडेल, देवीनगर होराइजनचोक शाखा प्रवन्धक माधव पन्थ, भलवाडी शाखा प्रवन्धक धुर्व भण्डारी, मायादेवी शाखा प्रवन्धक सुमन पाण्डे, शिवपुर एक्टेशन कार्यालयका इन्चार्ज खिमानन्द पौडेल लगायतले रक्तदान महादान भएकाले रक्तदान जस्तो पवित्र कार्यमा सरिक हुनु सबैकालागि उत्तम कार्य भएको बताए ।

बुटवल रक्त संचार कार्यालयको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ५१ पोइन्ट रगत संकलन भएको बैंकका देवीनगर होराईजनचोक शाखा अपरेशन इन्चार्ज अन्जु पन्थीले जानकारी दिइन् । 

२०६४ सालमा स्थापना भएको प्राइम कमर्शियल बैंकको १९ अर्बभन्दा बढी चुक्ता पुँजी रहेको छ ।  ३१ अर्बभन्दा धेरै पूँजीकोष, २ खर्ब १३ अर्बभन्दा बढी निक्षेप र १ खर्ब ९५ अर्बभन्दा धेरै कर्जा तथा सापटी बैंकले परिचालन गरेको छ । विराटलक्ष्मी विकास बैंक, कन्ट्री डेभेलपमेण्ट बैंक, कनकाई विकास बैंक र कैलाश विकास बैंक गाभिएर प्राइम कमर्शियल बैंक भएको हो । प्राइमका देशभर अहिले १ सय ९४ वटा शाखा रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।