ताजा अपडेट »

मुख्यमन्त्रीको आह्वानः लुम्बिनी भ्रमणका लागि स्वदेशी र विदेशी पर्यटकलाई निम्तो

शुक्रबार, ११ असोज २०८१, १४ : ००
90 Shares
शुक्रबार, ११ असोज २०८१
90 Shares

दाङ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वदेशी तथा विदेशी पर्यटकहरुलाइ लुम्बिनी प्रदेश भ्रमण गर्न आह्वान गरेका छन् । 

दाङको घोराहीमा आयोजना गरिएको विश्व पर्यटन दिवस कार्यक्रमलाइ सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले ‘लुम्बिनी घुमौं’ अभियानलाई व्यापक बनाउने उद्घोष गरे ।‘म सबैमा आह्वान गर्न चाहन्छु, लुम्बिनी प्रदेशको एक पटक अवश्य भ्रमण गरौं’ उनले भने ‘लुम्बिनी प्रदेश पर्यटनको केन्द्र हो । हरेक हिसाबले लुम्बिनी समृद्ध छ । हाम्रो प्रदेश मिनि नेपालको रुपमा स्थापित छ । एकपटक लुम्बिनी भ्रमण गर्न सबैमा निमन्त्रणा गर्दछु ।’

लुम्बिनी प्रदेश सरकारले लुम्बिनी पर्यटन सर्किटलाई स्थापित गर्ने बताए। ‘लुम्बिनी आएका पर्यटकलाई १२ जिल्लाको भ्रमण गराउनेगरी पर्यटन सर्किट बनाउने गरि काम भइरहेको छ’ उनले भने ‘विदेशी पर्यटक भित्र्याउन अन्तर्राष्ट्रिय स्तरमा पनि समन्वय भइरहेको छ ।’ प्राकृति रुपमा लुम्बिनी समृद्ध रहेको र यसबाट विकासको आधार निर्माण गरिने बताए। ‘लुम्बिनी प्रदेश पर्यटक दृष्टिकोणले एक नम्बरमा पर्छ । पर्यटनको प्रचुर सम्भावना छ, उनले भने ‘ञविभित्र जातजाति, समुदायको कला संस्कृतिले लुम्बिनीको पहिचान विश्व समुदायमा पुगेको छ ।’

लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाएको छ । उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा ४५ औँ पर्यटन दिवस घोराहीमा  मनाइएको हो । पर्यटन, न्याय र शान्ति मुल नारा सहित उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो । 

कार्यक्रममा घोराही उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख हुमाकुमारी डिसीले पर्यटनको विकास बाट समृद्धी हासिल गर्न सकिने प्रसस्त आधारहरु रहेको बताए । ‘पर्यटन दिवसले रोजगारीको अवसर सृजना गर्छ । स्थानीय उत्पादनको बजारीकरण गर्न मद्दत गर्छ । यसले समग्र विकासमा टेवा पुग्छ ।’ उनले भने पर्यटन समृद्धिको आधार हो । यहाँका नागरिकको जीविकोपार्जन गर्न अवसरहरु  सृजना गर्दछ ।’

थरिथरि झाँकी र रैथाने परिकारको उत्सव

पर्यटन दिवसलाइ विभिन्न समुदायको झाकि, रैथाने परिकार, हस्तकलाका सामाग्री प्रदर्शनीले भब्य बनाइएको छ ।

गणेशपुर तुलसीपुरले गन्धर्व समुदायको मालाश्री सारङ्गि  धुन, अवधी संरक्षण प्रतिष्ठान गढवाले अवधी नाच, देउखुरीका थारु समुदायले कठघोरी नाच प्रस्तुत गरेका थिए । नेवारी समुदायको लाखे नाच, तुलसीपुर गरगरवाका स्थानीयले नुवागाउँले सोरठी नाच प्रस्तुत गरेका थिए । 

पाल्पा मिस्दी गाउँपालिकाको कोरा नाच, घोराही(१० को थारु समुदायको वडका नाच, लुकमेली खाम समाजको भुम्या नाच, घोराहीका थारु समुदायले थारु सख्या नाच प्रदर्शन गरेका थिए । यस्तै हातबाट बुनिएका कपडा, माटोका भाँडा, फलामका सामाग्री प्रदर्शनीमा राखिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।