ताजा अपडेट »

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

शुक्रबार, ११ असोज २०८१, १२ : ४७
112 Shares
शुक्रबार, ११ असोज २०८१
112 Shares

दाङ। दाङमा २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राजपुर गाउँपालिका-२ बेला बस्ने २७ वर्षीय राम प्रताप यादवलाई प्रहरीले पक्राउ गरेको छ । यादवले ती महिलालाई लमही नगरपालिका-७ बन्गैस्थित करी सामुदायिक वनमा बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।