ताजा अपडेट »

अखिल क्रान्तिकारीको महाधिवेशन: आज बन्दसत्र, आइतबार नेतृत्व चयनका लागि निर्वाचन

शुक्रबार, ११ असोज २०८१, १० : ३४
20 Shares
शुक्रबार, ११ असोज २०८१
20 Shares

काठमाडौं । अनेरास्ववियु क्रान्तिकारीको जारी महाधिवेशन अन्तर्गत आज बन्दसत्र बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।  बन्दसत्रमा विधान र प्रतिवेदन पेश गरिने बताइएको छ ।बन्दसत्रमा विधान पेस भइसकेपछि समूह विभाजन गरी छलफल हुनेछ । 

शनिबार बिहान ८ बजेदेखि विधान प्रतिवेदन उपर समूहगत छलफलको निष्कर्ष तथा रिपोर्टिङ हुने र प्रतिनिधिहरूको नामावली निर्वाचन समितिले सार्वजनिक हुने भएको छ । त्यस्तै असोज १३ गते बिहान ८ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु हुनेछ भने असोज १४ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने तालिका रहेको छ । 

यस महाधिवेशनमा २ हजार ३२३ प्रतिनिधि सहभागी रहेका छन् भने अखिल क्रान्तिकारीले प्रत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ । अखिल क्रान्तिकारीको अध्यक्षका लागि केशव रावलसहित मदन भुल, नरेश रेग्मी, जिपी मैनाली, दिपेश पुन, पवन कार्की, नारायण खनाल लगायत नेताहरु आकांक्षी देखिएका छन् ।  

विहिबार अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।