ताजा अपडेट »

आइएमई लाइफको नयाँ बिमा योजना

शुक्रबार, ११ असोज २०८१, ०६ : ४५
4 Shares
शुक्रबार, ११ असोज २०८१
4 Shares

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सले ‘बेस्ट टर्म लाइफ जीवन बिमा योजना’ नामक नयाँ म्यादी जीवन बिमा सार्वजनिक गरेको छ । सरल, किफायती र उपयोगी विशेषतासहित विभिन्न पेसामा आबद्ध व्यक्तिलाई लक्षित गरी यो बिमा योजना ल्याएको कम्पनीले जनाएको छ । यो बीमा १८ वर्षभन्दा माथिका व्यक्तिले न्यूनतम बिमांक रु. ५० हजार राखी यो योजनामा सहभागी हुन सक्नेछन् ।

यो विशेष म्यादी बिमा रोजगारमा प्रवेश गरेका व्यक्ति, नयाँ स्वरोजगारी, विभिन्न पेसागत व्यक्ति, खेलाडी आदिको रोजाइमा पर्ने कम्पनीको विश्वास छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘बेस्ट टर्म लाइफ जीवन बीमा योजना’ नामको नयाँ जीवन बीमा योजना ल्याएको छ।

विभिन्न पूरक ऐच्छिक सुविधा, दुर्घटना बीमा लाभ, बिभिन्न २१ घातक रोगविरुद्धको रक्षावरण सहित किन्न सकिने यो बेस्ट टर्म घरबाटै अनलाइनमार्फत प्राप्त गर्न सकिने छ। कम्पनीका अनुसार बीमाशुल्कको भुक्तानी बिमितको इच्छा अनुसार एकैपटक वा नियमितरूपमा तिर्न सकिने छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।