ताजा अपडेट »
दुर्घटना

पृथ्वि राजमार्गकाे गल्छी नजिकै गुडिरहेको कारमा पहिरो खस्याे, कार खोलामा

विहीबार, १० असोज २०८१, २३ : २८
56 Shares
विहीबार, १० असोज २०८१
56 Shares

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६, चिरौदीमा गुडिरहेको कारमाथि पहिरो खस्दा चारजना घाइते भएका छन्। गुडिरहेको कारमा सडकभन्दा माथिबाट पहिरो खसेपछि कार चिरौदी खोलामा पुगेको छ भने अर्काे एआर ०११ ७९ नम्बरको भारतीय बस सामान्य क्षति पुगेकाे छ। पोखराबाट काठमाडौं तर्फ जादै गरेको ग. २च ७८८५ नम्बरको कारमा सवार चारैजना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिएका छन।

उनका अनुसार गुडिरहेको कारलाई सडकमाथिबाट आएको पहिरोले ठक्कर दिएपछि कार खोलामा खसेको हो। दुर्घटनामा परी घाइते भएकाहरूको उद्धारपछि नजिकै रहेका स्वास्थ्य संस्थाहरूमा उपचार भइरहेको छ।  दुर्घटनापछि अवरुद्ध बनेको राजमार्ग खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ। 

लगातारको वर्षासँगै आएको पहिरोको कारण सडक अवरुद्ध हुँदा काठमाडौं प्रवेश गर्ने र बाहिरिने सवारी साधन रोकिएका छन् । आजै मात्रै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र सनिबार रातीमा रात्री ुवारी साधनहरू नचलाउन  भनेर आग्रह  गरेकाे थियाे ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।