ताजा अपडेट »
नेपाल र अमेरिका टि ट्वान्टी श्रृंखला

टेक्ससमा नेपाल र अमेरिकाबीच टि ट्वान्टी श्रृंखला हुने

विहीबार, १० असोज २०८१, २२ : ५९
36 Shares
विहीबार, १० असोज २०८१
36 Shares

टेक्सस (अमेरिका) ।अमेरिकाको टेक्सस राज्यको ग्राण्डपेरी शहरमा नेपालले अमेरिकासँग तीन खेल सम्मिलित टि ट्वान्टी श्रृखंला खेल्ने भएको छ । अमेरिका र स्कटल्याण्ड सम्मिलित आईसिसी क्रिकेट वल्र्ड लिग टु एकदिवसिय श्रृखंला खेल्न अमेरिका आउन लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लिग टु को खेल अघि अमेरिकासँग टि ट्वान्टी श्रृंखला खेल्ने भएको हो ।

ग्रान्ड पेरी क्रिकेट स्टेडियममा हुने टि ट्वान्टी क्रिकेट श्रृखंला १७ अक्टुबर देखि २० अक्टुबर सम्म हुनेछ । टि ट्वान्टी क्रिकेट श्रृखंला पश्चात नेपालले अक्टुबर २५ देखि नोभेम्बर ४ सम्म हुने लिग टु श्रृखंला खेल्नेछ । युएसए क्रिकेटले प्रेस विज्ञप्ती जारी गर्दै नेपाल र अमेरिका बीचको टि ट्वान्टी क्रिकेट श्रृंखला अनि तीन देश सम्मिलित लिग टु को खेलहरुका बारेमा जानकारी गराएको हो ।

दुवैं श्रृंखलाका लागि टिकट समेत खुल्ला गरिएको छ । टिकट दर खेल अनुसार अमेरिकी १० देखि १५ डलर राखिएको छ । युएसए क्रिकेटका अध्यक्ष भेनु पिसिकेले क्रिकेट प्रेमी समुदाय रहेको स्थानमा खेल हुने कुराले आफू धेरैं खुशी भएको र सबै क्रिकेट प्रेमीहरुलाई मैदानमा आई खेलाडीहरुलाई हौसला प्रदान गर्न आग्रह गरेका छन् ।

नेपाल र अमेरिका बीचको टि ट्वान्टी श्रृंखलाको पहिलो खेल १७ अक्टुबर, दोस्रो खेल १९ अक्टुबर र तेस्रो खेल २० अक्टुबरमा हुनेछ भने सबै खेल अमेरिकाको सेन्ट्रल समय साझ ७ बजेबाट हुनेछ ।

यसैगरी, स्कटल्याण्ड, अमेरिका र नेपाल सहीतको लिग टु एकदिवसिय श्रृखंलाको पहिलो खेल अमेरिका र स्कटल्याण्डको बीचमा २५ अक्टुबरमा, दोस्रो खेल अमेरिका र नेपालको बीचमा २७ अक्टुबरमा, तेस्रो खेल नेपाल र स्कटल्याण्डका बीचमा २९ अक्टुबरमा,चौथो खेल अमेरिका र स्कटल्याण्डको बीचमा ३१ अक्टुबरमा, पाचौं खेल नेपाल र अमेरिकाको बीचमा नोभेम्बर २ मा र अन्तिम खेल नेपाल र स्कटल्याण्डको बीचमा नोभेम्बर ४ मा हुनेछ ।

नेपालको राष्ट्रिय क्रिकेट टोली अक्टुबरको दोस्रो सातासम्म अमेरिका आईसक्ने बतईएको छ । हाल क्यानडामा रहेको नेपाली राष्ट्रिय टोलीले ओमान र क्यानडासँगको लिग टु श्रृंखलामा प्रतिष्पर्धा गरेको थियो । नेपालले क्यानडासँगको २ खेलमा पराजित भएको थियो भने ओमानसग एक खेल हार्दा अर्को खेल बर्षामा कारण अंक बाँडेको थियो ।

सुरज भण्डारी
लेखकको बारेमा
सुरज भण्डारी
अध्यक्ष–नेजा (नेपाल अमेरिका पत्रकार संघ)