ताजा अपडेट »

बुटवलका ७ मासु पसललाई जनही १० हजार जरिवाना

विहीबार, १० असोज २०८१, १२ : २१
228 Shares
विहीबार, १० असोज २०८१
228 Shares

बुटवल । बुटवल उपमहानरपालिकाले चार्डपर्व नजिकेसंगै मासुजन्य पसलको अनुगमनलाई तीब्र पारेको छ ।  बुधबार गरिएको अनगुनबा ७ मासु पसललाई जरिवाना गरिएको छ । पटक पटक स्वच्छकर मात्रै मासु विक्रीको लागि आग्रह गर्दा समेत अटेरी गर्ने ७ वटा पसललाई १०/१० हजार जरिवाना गरिएको नगरपालिकाका पशुविकास शाखा प्रमुख झविन्द्र प्रसाद बन्जाडेले जानकारी दिए ।

बुटवल मिट सप्लार्यस, ज्योति माइला मासु पसल, सापकोटा मासु पसल, न्यू पहाडिया मासु पसल, भान्जा मासु पसल, बन्जाडे मासु पसल र पहाडिया मासु पसललार्ई जरिवाना गरिएको शाखा प्रमुख बन्जाडेले बताए । अनुगमनलाई उपमहानगरपालिकाले निरन्तरता दिने बताउँदै पहिलो पटक बधशालाको मासु नबेच्नेलार्ई १० हजार जरिवाना गरिएको बताए ।

साथै उनले दोस्रो पटक २५ हजार र तेस्रो पटक अनुगमन गर्दा पनि बाहिर बध गरेको मासु बिक्रि गरेको पाइए ५० हजार जरिवान हुने र त्यस पछि पनि बध नगरिएको विक्रि गरिएको पाइए पसल नै बन्द गरिने शाखा प्रमुख बन्जाडेले बताए । बुटवल उपमहानगरपालिको बुटवलवासीको स्वास्थ्यप्रति विशेष संवेदनशील रहेको र अनिवार्य रुपमा वधशालामा बध गरिएको मासु मात्रै विक्रि वितरण गर्न र वध गरिएको मासु मात्रै उपभोग गर्न आग्रह गरे । 

नगरपालिकाले लामो समय देखि मासुन्य बस्तु(खसीबोका) बधशालामा मात्रै बध गरेको विक्रि वितरण गर्नुपर्ने निमय लागू समेत गरिसकेको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।