ताजा अपडेट »
आगलागी

विराटनगरमा २पाङ्ग्रे विद्युतीय सवारी सो–रुममा आगलागी: करिब डेढ करोडको क्षति

बुधबार, ०९ असोज २०८१, २३ : ०४
48 Shares
बुधबार, ०९ असोज २०८१
48 Shares

विराटनगर । विराटनगरको एक इलेक्ट्रिक सो–रुममा बुधबार दिउँसो आगलागी हुँदा करिब डेढ करोड बराबरको क्षति भएको अनुमान प्रहरीले गरेको छ । विराटनगर महानगरपालिका–२ मुनालपथ स्थित भब्या इन्टरनेशनलमा आगलागी हुदाँ सो रकम बराबरको क्षति भएको अनुमान प्रहरीले गरेको हो ।

२पाग्रे विद्युतीय सवारीसाधन (इलेक्ट्रिक साइकल, सीटी सफारी) बिक्री गर्दै गरिँदै आएको साे पसलमा दिउँसो २ः४० बजेतिर आगलागी सुरु भएको थियो।आगो नियन्त्रणमा लिन विराटनगर महानगरपालिकाको दमकल, स्थानीय र प्रहरीलाई १ घण्टाभन्दा बढी समय लागेको थियो । पूर्वतिरबाट हावा चलेका कारण आगो तत्काल नियन्त्रणमा लिन कठिनाइ भएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणमा सहजीकरण गर्नका लागि मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की आफैं घटनास्थल पुगेका थिए । आगलागीमा ८० वटा साइकल, इन्भटर ६०, ब्याट्री २ सय, ल्यापटप २, कम्प्युटर २, एसी १, प्रिन्टर १ वटा, फर्निचर, स्पेयर पाट्र्स, सीसी टिभीलगायतका सामान जलेर ध्वस्त भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

461186112_934561458699101_3001346648701274347_n

विद्युतबाट चल्ने साइकल र सीटी सफारी बिक्री गरिने पसलमा आगलागी हुनुको कारण खुलेको छैन । भब्या इन्टरनेशनल संचालक मनिष वंशलले आगलागीबाट सो–रुम ध्वस्त भएको जानकारी दिए । उनले आगलागीमा डेढ करोडभन्दा बढीको क्षति भएको बताए ।

उनका अनुसार आगोले पसल पूर्णरूपमा ध्वस्त भएको छ । आगोले बिजुलीको पोलमा टाँगिएका केवल, इन्टरनेटलगायतका तारहरु पनि जलेका छन् ।ब्याट्री पड्किएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ । आगलागीको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताएकाछन ।

461265435_934560195365894_8286557092919398192_n461323044_934561428699104_5460564220256486800_n461340202_934560105365903_6897879717738591954_n461341014_934560005365913_8731837939985863381_n461373320_934560112032569_5830328667044130772_n461412550_934560202032560_4590020080447664820_n

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।