ताजा अपडेट »

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

बुधबार, ०९ असोज २०८१, १८ : ५१
110 Shares
बुधबार, ०९ असोज २०८१
110 Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । विद्युतीय कारोबार ऐन–२०६३ अनुसार अनुसन्धान गर्न यसअघि ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । 

असोज ६ मा पक्राउ परेका प्रसाईंलाई अनुसन्धान गर्नका लागि साइबर ब्यूरोले ७ दिनको समय मागेर बुधबार अदालतमा पेस गरेको हो । युट्युब च्यानल ‘देश दुनियाँ खबर’  र अन्य च्यानलमा पनि चरित्र हत्या गर्नेगरी बोलेको आरोपमा उनीविरुद्ध जाहेरी दर्ता भएको छ । देश दुनियाँ खबरमा उनको अन्तर्वार्ता प्रसारण गर्ने सञ्चालक जीवन पाण्डे र प्रस्तोता प्रकाशचन्द्र दाहाल फरार छन् । 

प्रसाईंविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एकजना महिलाले आफ्नो ‘चरित्रहत्या गरेको’ भन्दै जाहेरी दिएकी छन् । अर्का एकजना पुरुषले पनि उनीविरुद्ध जाहेरी दिएको साइबर ब्यूरोले जनाएको छ । आरोप पुष्टि भएमा ५ वर्षसम्म कैद सजाय र एक लाखसम्म जरिवाना हुने व्यवस्था छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।