ताजा अपडेट »

ओडिआईको अलराउण्डर वरियातामा सन्दीपको छलाङ, अन्यको वरियता कति ?

बुधबार, ०९ असोज २०८१, १७ : ५१
106 Shares
बुधबार, ०९ असोज २०८१
106 Shares

बुटवल । नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले ओडिआई क्रिकेटको अलराउन्डर वरियतामा छलाङ मारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसिसी०ले जारी गरेको पछिल्लो वरियतामा सन्दीपले २२ स्थान सुधार गर्दै संयुक्त ४१ औं स्थानमा उक्लिएका छन् । समान १४७ अंकसहित अष्ट्रेलियाका एडम जाम्पा र ट्राभिस हेड पनि ४१ औं वरियतामा नै छ । 

अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरी ४८ औं, कुशल मल्ल ५१ औं तथा सोमपाल कामी ५३ औं स्थानमा छन् । अलराउन्डर तर्फ नै तीव्र गतिका बलर करण केसीले ११ स्थान सुधार गर्दै ७६औं स्थानमा उक्लिएका छन् । अर्का तीव्र गतिका बलर गुलसन झा १३ स्थान सुधार गर्दै ९१औं स्थानमा उक्लिएका छन् ।

आईसिसीले जारी गरेको बलिङ तर्फको वरियतामा भने सन्दीप ४८औं स्थानमा यथावत रहेका छन् । करणले ४ स्थान सुधार गर्दै ८७ औं स्थानमा उक्लिएका छन् । ब्याटिङ तर्फको वरियतामा आसिफ शेख ११ स्थान तल झर्दै ७९औं स्थानमा छन् । कुशल भुर्तेल ४ स्थान तल झर्दै ८० औं स्थानमा रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।