ताजा अपडेट »

मुक्ति समाज रुपन्देहीद्वारा जिल्लास्तरीय प्रशिक्षण

बुधबार, ०९ असोज २०८१, १५ : ५७
132 Shares
बुधबार, ०९ असोज २०८१
132 Shares

बुटवल । नेपाल उत्पीडित जातीय  मुक्ति समाज जिल्ला कमिटी रुपन्देहीले बुधबार पार्टी कार्यालय बुटवलको सुख्खानगरमा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 

समाजका जिल्ला कमिटी  अध्यक्ष दिपेन्द्र विश्वकर्माको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर विश्वकर्मा पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै विश्वकर्माले संघीयताले निर्दिष्ट गरेका व्यवस्था लागू गर्नुपर्ने, समानुपातिक समावेशी प्रतिनिधित्व सुनिस्चितता गर्नुपर्ने, स्वयं दलित अब सशक्त रुपमा अगाडि बढनु पर्ने बताए । उनले जातीय छुवाछूत र यसको उत्पत्ति, दलित आन्दोलनको अवस्था र मुक्ति समाजको योजना र उद्देश्यका विषयमा प्रशिक्षण दिएका थिए । 

कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज लिला गिरीले बोल्दै सबै प्रकारको विभेद र असमानतालाई अन्त्य गर्न सचेत वर्गले आन्दोलन गर्नुपर्नेमा जोड दिदै दलित समुदायको न्यायको लागि पार्टीले अगुवाई गर्ने बताए । 

त्यस्तैगरी मुक्ति समाजका केन्द्रीय सचिवालय सदस्य सुरेन्द्र श्री बोल्दै अन्याय, अत्याचार, सामाजिक विभेद र छुवाछूतले सभ्य समाज र विकसित राज्यको निर्माण हुन नसक्ने हुँदा परिवर्तनका लागि एकताबद्ध अभियान चलाउनुपर्ने बताए । 
त्यस्तैगरी पार्टी रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले बोल्दै समतामुलक समाज निर्माण गर्न, आर्थिक, शैक्षिक र राजनीतिक रुपमा दलित समुदायलाई सशक्तिकरण गर्न प्रतिस्पर्धाबाट पनि श्रेष्ठता हासिल गर्नुपर्ने र त्यसको लागि रुपान्तरणको मुद्दामा पार्टीको दर्बिलो साथ रहेको बताए । 

कार्यक्रममा मुक्ति समाजका केन्द्रीय सचिव कमला विश्वकर्माले जनताको बहुदलीय जनवाद र नेकपा एमालेका बौद्धिक नेता युवराज घिमिरेले माक्र्सवादी दर्शनशास्त्र र दलित मुक्ति आन्दोलनको बारेमा प्रशिक्षण दिएका थिए ।  कार्यक्रममा मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष नन्द विश्वकर्मा र केन्द्रीय सचिवालय सदस्य कल्पना बरालले शुभकामना मन्तव्य व्यक्त गरेकी थिईन ।  मुक्ति समाजका रुपन्देही जिल्ला उपाध्यक्ष विकास गहतराजको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सन्चालन सचिव हेम बहादुर विश्वकर्माले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।