ताजा अपडेट »

दक्षिण कोरिया स्थित छङ्उप नेपाली एकता समाजले भलिबल प्रतियोगिता गर्ने

बुधबार, ०९ असोज २०८१, १४ : १०
80 Shares
बुधबार, ०९ असोज २०८१
80 Shares

बुटवल । दक्षिण कोरिया स्थित छङ्उप नेपाली एकता समाजको आयोजनामा भलिबल  प्रतियोगिता हुने भएको छ । प्रदेशभा भाइचारा र स्वास्थ्यका लागि खेल भने मुल नाराका साथ अक्टोबर ६ मा प्रथम छङ्उफ भलिबल २०२४ को आयोजना गरिएको हो ।

प्रतियोगितामा प्रथम हुनेले नगद २० लाख वनसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक राम थापा मगरले बताए । यस्तै द्धितीय हुनेले नगद १२ लाख वनसहित कप मेडल र प्रमाणपत्र पाउने उनले बताए । प्रतियोगितामा सहभागि हुनका लागि टिम दर्ता वाफत ३ लाख ५० हजार वन लाग्ने छ  ।

साथै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने टिमले नगद ४ लाख वन प्राप्त गर्ने छन् भने विभिन्न विधागत रुपमा प्रथम हुनेहरुलाई पनि नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । टिम दर्ता सेप्टेबर २९ गते साँझ ७ बजेसम्म गर्न सकिने आयोजकले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।