ताजा अपडेट »

दाङमा चट्याङ लागेर छोराको मृत्यु, आमा घाइते

बुधबार, ०९ असोज २०८१, १३ : ४३
88 Shares
बुधबार, ०९ असोज २०८१
88 Shares

 

दाङ । दाङमा चट्याङ लागेर छोराको मृत्यु भएको छ, भने आमा छोरी घाइते भएका छन् ।  मृत्यु हुनेमा घोराही उपमहानगरपालिका ११ खुङकोट बस्ने ४२ वर्षीया निमकली साहुका ३ वर्षीय छोरा समिर साहु रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।   प्रहरीका अनुसार  मङ्गलबार दिउँसो साढे ३ बजेतिर उनको कच्ची ४ कोठे घरमा चट्याङ पर्दा निमकली, छोरा समिर र ६ वर्षीया छोरी सविना घाइते भएका थिए ।

घाइते उनीहरूलाई  उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको थियो ।  समिरको उपचारको क्रममा बुधबार बिहान साढे ८ बजेतिर मृत्यु भएको प्रहरीको भनाइ छ । यस्तै घाइते आमाछोरीको उपचार भइरहेको र उनीहरूको अवस्था मध्यम रहेको समेत प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।