ताजा अपडेट »

युक्रेनी शहर खार्किभमा रुसको नयाँ आक्रमण

बुधबार, ०९ असोज २०८१, १० : ४६
20 Shares
बुधबार, ०९ असोज २०८१
20 Shares

काठमाडौं । रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा नयाँ आक्रमण गरेको छ । स्थानीय अधिकारीहरुका अनुसार यी आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । अधिकारीहरूले मंगलबारबाट सुरु भएको आक्रमण गाईडेड ग्लाइड बमहरूद्वारा गरिएको बताएका छन् । चार जिल्लामा आक्रमण भएको थियो ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले अपार्टमेन्ट, बेकरी र स्टेडियमलाई निशाना बनाएको बताएका छन् । यो स्पष्ट छ कि उनीहरूको आक्रमणको लक्ष्य युक्रेनी नागरिकहरू थिए । युक्रेनी सेनाले देशको पूर्वी क्षेत्रमा रुसी सेनासँग भीषण युद्ध लडिरहेको छ । रुसले युक्रेनको लगभग भत्किएको सहर भुलेदारलाई घेरेको छ । मंगलबारको हमलापछि जालेन्स्कीले रुसी आक्रमणमा नराम्ररी ध्वस्त भएको अपार्टमेन्टको तस्बिर साझा गर्दै विज्ञप्ति जारी गरेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।