ताजा अपडेट »

१०३ वटा च्याङ्ग्रा चोरी आरोपमा रुपन्देहकिा फकिर पक्राउ, २ जनाको खोजी हुँदै

बुधबार, ०९ असोज २०८१, ०९ : ०१
214 Shares
बुधबार, ०९ असोज २०८१
214 Shares

बुटवल । जिल्ला प्रहरी कार्यालय कास्कीले च्याङ्ग्रा चोरी गरेको आरोपमा रुपन्देहीको सुद्धोधन गाउँपालिका–४ का ४० वर्षीय मोहम्मद फकिरलाई पक्राउ गरेको छ । हाल कास्कीको पोखरा–७ मा बस्दै आएका फकिरले मुस्ताङका एक व्यक्तिको १०३ च्यांग्रा चोरीको आरोपमा पक्राउ परेका हुन् ।

कास्की प्रहरीका अनुसार फकिरलाई यही असोज ४ गते पोखरा–४ बाट पक्राउ गरिएको हो। यही असोज १ गते मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का ताक्ला गुरुङको घरगोठमा गएका फकिरसमेत ३ जनाले १०३ वटा च्यांग्रा ४२ लाख रुपैयाँमा खरिद गर्ने भनी मोलमोलाई गरेका थिए।

तर, अहिले पैसा नलिई आएकाले पोखरा गएपछि दिन्छौँ भनी विश्वास दिलाई च्यांग्राधनी ताक्ला गुरुङलाई पनि उनीहरूले सँगै ल्याएका थिए। गुरुङ पोखराको ड्यामसाइडस्थित एक होटलमा सुतेको अवस्थामा असोज ३ गते बिहान ४ बजे उक्त च्यांग्रासहितको गाडी लिई फकिरको समूह सम्पर्कविहीन भएको थियो।

यस विषयमा कास्की प्रहरीमा निवेदन परेपछि खोजतलास तथा अनुसन्धान गर्दै जाँदा फकिरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। फकिरलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा ६ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

प्रारम्भिक बयानमा फकिरले ती च्यांग्रा असोज २ मा पोखराको घट्टेखोलाबाट अन्य सवारीसाधनमा लोड गरी बिक्री गरेको बताएका छन्। दशै तिहारको समयमा मुस्ताङी च्यांग्राको माग उच्च हुने गर्दछ। मासुमा बोसो कम हुने र हिमाली जडीबुटी खाएका च्यांग्राको मासु स्वस्थकर अनि शक्तिबर्धक हुने विश्वास पनि गरिन्छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।