ताजा अपडेट »

फोहर व्यवस्थापन नभएको भन्दै देवदह नगरपालिकाको गेट अगाडि थुपारियो फोहर

मंगलबार, ०८ असोज २०८१, १९ : ३४
132 Shares
मंगलबार, ०८ असोज २०८१
132 Shares

देवदह । देवदह नगरपालिकाको कार्यालय अगाडि स्थानीयले फोहोर फालेका छन् । नगरपालिकाले लामो समयदेखि फोहोर व्यवस्थापन नगरेको भन्दै स्वतन्त्र आवाज देवदहको समूहले १ टेक्टर फोहोर नगरपालिका अगाडि फालेको हो।
 
पटक-पटक फोहोर व्यवस्थापनको लागि आग्रह गर्दा समेत कुनै चासो नदिएको र दुई महिनादेखि फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिएको जन गुनासोपछि फोहोर फालेर दबाब दिन बाध्य भएको स्वतन्त्र आवाज देवदहका अभियान्ता प्रेम थापा मगरले बताए। देवदह नगरपालिकाका प्रतिनिधिले भने फोहोर व्यवस्थापनका लागि काम भैरहेको र ३,४ दिन भित्रै समस्या समाधान हुने बताएका छन् । देवदह नगरपालिकाका शाखा अधिकृत रमेश गिरिले देवदह (५ रहेको डम्पिङ साइटमा दीर्घकालीन रुपमा व्यवस्थापनको लागि संरचना निर्माणको काम भैरहेको र निर्माणकार्य सकिन साथ फोहोर व्यवस्थापनको काम सुरु हुने उल्लेख गरेका छन् ।

देवदह-५ स्थित बुद्ध सामुदायिक वन क्षेत्रमा देवदह क्षेत्रबाट निस्किएको फोहोर  डम्पिङ गरिदै आएकोमा पछिल्लो समय स्थानीयले असुरक्षित र अव्यवस्थित भएको भन्दै फोहोर फाल्न नदिदा २ महिनादेखि देवदहमा  फोहोर उठ्न सकेको छैन।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।