ताजा अपडेट »

लायन्स क्लव अफ बुटवल स्टार्सको चार्टड नाईट्स सम्पन्न

मंगलबार, ०८ असोज २०८१, १९ : २०
52 Shares
मंगलबार, ०८ असोज २०८१
52 Shares

बुटवल । लायन्स क्लव अफ बुटवल स्टार्सको आठौं चार्टड्स नाईट कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमाको ड्राईभर टोलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै लायन्स क्लव डिष्ट्रिक २३५ पीका गर्भनर पुरुशोत्तमभक्त प्रधानाङ्गले छोटो समयमा नै लायन्स स्टार्सले समाजमा उदाहरणीय काम गरेको भन्दै जसको सिको अन्य क्लवले पनि गुर्नपर्ने बताएका थिए । 

उनले लायन्स क्वले विभिन्न समस्या समाधानको लागि लाग्नुपर्ने धारणा राखेका थिए । सामाजिक उद्यमशिलताको थिम अनुसार अहिलेको लायन्स क्लव चलिरहेको बताउँदै उनले सोही योजना अनुसार अगाडि बढ्नको लागि आग्रह गरेका थिए । जिएमटी जीएमए मिसन १.५ का संयोजक अरुण प्रताप राणाले लायन्सबादको नारा भित्र रहने जो कोही पनि विश्वकै उत्कृष्ट नागरिकको रुपमा पहिचान बनाउन सफल हुने बताए । डिष्ट्रिक फष्ट भिडिजी बालाराम भट्राईले सबैको सहकार्यमा सामाजिक उत्तरदायित्व सहितको कार्यक्रम गर्न आवश्यक रहेको भन्दै हाल भैरहेको कार्यको उच्च सह्रना गरेका थिए । 

सेकेन्ड भिडिजी सन्दी कसौधनले लायन्स आफैमा पवित्र संस्था भएको भन्दै यसले गर्ने हरेक कामको अनुशण अन्यले पनि गर्नुपर्ने धारणा राखे । पाष्ट डिष्ट्रिक गर्भनर नवराज न्यौपानेले लायन्स तथा ननलायन्सको सहकार्यमा सामाजिक विकासमा योगदान दिनुपर्नेमा जोड दिएका थिए । एरिया ३ का एरिया चिफ शान्ती पाठक पाण्डे, लायन्स अध्यक्ष भुपेन्द्र अर्याल लगायतले आ-आफ्नो भनाई राखेका थिए । कार्यक्रममा लायन्स क्लव अफ बुटवलका पुर्व अध्यक्ष एम.एल. पाण्डेलाई सम्मान गरिएको थियो । कार्यक्रम संयोजक प्रथम उपाध्यक्ष राजन जिसीले लायन्सको मर्म, मुल्य मान्यताको बारेमा प्रकाश पार्दै सबैलाई स्वागत गरेका थिए । 
  
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।