ताजा अपडेट »

इजरायलको आक्रमणमा लेबनानमा ५५८ जनाको मृत्यु

मंगलबार, ०८ असोज २०८१, १६ : ५४
34 Shares
मंगलबार, ०८ असोज २०८१
34 Shares

काठमाडौँ । लेबनानमा इजरायलले सोमबारदेखि गरेको आक्रमणमा अहिलेसम्म ५५८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले मृत्यु हुनेमा ५० बालबालिका र ९४ महिला समेत रहेका छन् । इजरायली हवाई हमलाका कारण लेबनानमा अहिलेसम्म १८ सय ३५ जना घाइते भएका छन् ।

इजरायलले लेबनानमा रहेका हिजबुल्लाहका केन्द्रहरुमा भिषण आक्रमण शुरु गरेको छ । आक्रमणपछि दक्षिणी लेबनानमा हजारौं मानिस विस्थापित भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

अहिलेसम्म हवाई हमलामा विस्थापित भएका १६ हजार ५०० जनालाई १५० विद्यालयमा राखिएको बताइएको छ ।

इजरायलले घर नजिकै हतियार राखिएको ठाउँ छाड्न सर्वसाधारणलाई आग्रह गरेको छ । इजरायलले हिजबुल्लाहले हतियारहरू इजरायलविरुद्ध प्रयोग गर्न चाहेको र त्यसको सुरक्षाका लागि लेबनानी जनतालाई मानव ढाल बनाएको आरोप लगाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।