ताजा अपडेट »

आईएसएमटी कलेज बुटवलद्वारा विद्यार्थीहरुलाई अभिमुखीकरण

मंगलबार, ०८ असोज २०८१, १६ : ५१
232 Shares
मंगलबार, ०८ असोज २०८१
232 Shares

बुटवल । आईएसएमटी कलेजले विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । कलेजले आइतबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि अभिमुखीकरण कार्यक्रम प्रदान गरेको हो । 

सो अभिमुखीकरण कार्यक्रममा आईएसएमटी ग्रुपका प्रिन्सीपल धुव्रबाबु जोशिले कार्यक्रमको बारेमा विद्यार्थीलाई जानकारी गराउनुका साथै क्याम्पस र विश्वविद्यालयको बारेमा प्रस्ट पारेका थिए।आईएसएमटी कलेज आधुनिक कलेज रहेको र अत्याधुनिक सुविधाहरु सहित गुणस्तरीय पठनपाठन हुने बताए । 

ebaf6c14-7e61-451b-8a7a-4475eac7d63d

आईएसएमटी ग्रुपका एकेडेमीक संयोजक गिरिस दाहालले शैक्षिक क्रेडेन्शियल मूल्यांकन (इसिए) र सह पाठ्यक्रम गतिविधिहरू (सिसिए) को बारेमा सहभागि विद्यार्थीहरुलाई प्रस्ट पारे। यस्तै ग्रुपको आइटी प्रोग्राम सपोर्टस दिपेश पाण्डेले आइटिको महत्वको बारेमा बताउँदै अहिलेको आधुनिक युगमा आइटीको महत्व दिनप्रतिदिन बढ्दै गइरहेको बताए । सो अभिमुखीकरण कार्यक्रम ७२ जना विद्यार्थीको लागि आयोजना गरिएको आईएसएमटी बुटवलका क्याम्पस प्रमुख जीवन पौड्यालले जानकारी दिए । 

बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेज बुटवलमा बीएस्सीआईटी र बीएचएमको पाठ्यक्रम पढाइ हुने गरेको छ।

9589d640-1748-4d05-807a-0df94e143623

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।