ताजा अपडेट »

ब्रिटिस ग्रामर स्कुलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

मंगलबार, ०८ असोज २०८१, १६ : २६
556 Shares
मंगलबार, ०८ असोज २०८१
556 Shares

बुटवल । विश्वमै शैक्षिक क्षेत्रको पर्यायवाचीका रुपमा परिचित  ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित  ब्रिटिस ग्रामर स्कुल रुपन्देहीमा (नमस्ते एकडेमीमा) ट्राफिक  सचेतना कार्यक्रम  सम्पन्न भएको छ ।

विद्यालयमा कार्यरत सबारी चालक , सहचालक  र यातायातसँग सरोकार  राख्ने सम्पूर्णलाई एकताबद्ध  गरि सबैले पालना गर्नुपर्ने  ट्राफिक  नियम, सुरक्षित  यातायात  सञ्चालन , यातायातको कुशल व्यवस्थापन , यातायात  म्यानेजर  र सो क्षेत्रसँग सम्बन्धित  व्यक्तिले पालन  गर्नु पर्ने नियम , कानुन , आचार संहिता र  यात्रा  कसरी  सुरक्षित , मर्यादित , व्यबस्थित  बनाउन  सकिन्छ  भन्ने विषयमा सचेतना  सहितको प्रशिक्षण  कार्यक्रम  चलाइएको विद्यालयका म्यानेजर  इन्जिनियर  उमेश कँडेलले  जानकारी  दिए ।

हरेक बालबालिका  अभिभावकका मुटुका  टुक्रा हुन  । विद्यार्थीलाई  सुरक्षित रुपमा विद्यालय ल्याउने  र सुरक्षित रुपमा अभिभावकसँग पुर्‍याउने काम विद्यालयको हो । सुरक्षित  यात्रा  बालबालिकाको नैसर्गिक  अधिकार भएकाले सो उद्देश्य  पूरा गर्ने लक्ष्यका साथ जिल्ला  ट्राफिक  प्रहरी कार्यालय  रुपन्देहीका कार्यालय  प्रमुख  प्रहरी  निरीक्षक  रञ्जु केसीको आगमन  सँगै  ट्राफिक प्रहरी  दुर्घटना  न्यूनीकरणका लागि स्कुल स्कुलमा  पुग्न थालेको  छ।

284adce0-773f-4545-9d11-849cf9b26981

यसै क्रममा  विद्यार्थी  , शिक्षक र सरोकारवालाको सुरक्षित यात्राका  लागि चालकसँग  ट्राफिक  प्रहरी  भन्ने मूल नाराका साथ दुर्घटना  न्यूनीकरण, ट्राफिक  नियम,  ट्राफिक  सचेतनाका विषयमा ट्राफिक  प्रहरी  पोष्ट मंगलापुरका बरिस्ठ सई मिलन सिहले प्रशिक्षण  र ट्राफिक  प्रहरी जवान किसन कुँवरले  सहजीकरण गर्नु भएको थियो र  सो कार्यक्रम  अत्यन्तै  प्रभावकारी  भएको ब्रिटिस ग्रामर स्कुलका यातायात  विभाग प्रमुख  बिनोद आछामीले जनाए । 

विद्यालय सञ्चालनको महत्त्वपूर्ण  पाटो यातायात पनि  हो । सुरक्षित, विश्वाससीलो र आरामदायी  यातायात  एउटा उत्कृष्ट  विद्यालयमा हुनुपर्ने  महत्त्वपूर्ण  गुण हो । ब्रिटिस ग्रामर स्कुल रुपन्देही  मोफसलकै पहिलो एसी जडित  बस भएको र एक विद्याफर्थी  एक सिटको मूल्य मान्यता अबलम्बन गरिएको एक मात्रै  ए ग्रेडको विद्यालय भएकाले यस्ता महत्त्वपूर्ण  ट्राफिक  सचेतना सम्बन्धित  कार्यक्रम महिना महिनामा  निरन्तर  गर्ने  गरिएको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताए ।

0282176c-1700-4a46-be7e-ab30ebd6a147

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।