ताजा अपडेट »

लुम्बिनी बिकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीको समूहद्वारा आक्रमण

मंगलबार, ०८ असोज २०८१, १५ : २३
194 Shares
मंगलबार, ०८ असोज २०८१
194 Shares

लुम्बिनी । लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माणव्यवसायीहरूले गुण्डागर्दी शैलीमा मंगलबार आक्रमण गरेका छन्। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनी स्थित फाईभ होटलमा कार्क्रम भईरहेको बेला ठेकदारहरूको एक हुल होहल्ला गर्दै गुण्डागर्दी शैलीमा आक्रमणमा उत्रेका हुन् । कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सचिवलाई आक्रमण गरेका हुन ।

कोषाध्यक्ष भट्टराईलाई एकाएक २० जनाको समूहले लछार्दै आक्रमण गरेका थिए । यस्तै आक्रमणबाट सदस्य सचिव सानुराजा शाक्यको मुखमा चोट लागेको छ। केहिदिनदेखि गुरूयोजनाको कामको भुक्तानि नपाएको भन्दै आन्दोलनरत निर्माण व्यवसायीहरूको माग सम्बोधन गरि समाधान गर्न लागिरहेको बेला हुलहुज्जतसहित अपमानजनक रूपमा आक्रमण गरिएको कोषाध्यक्ष भट्टराईले बताए । उनले आफूमाथि ज्यान नै असुरक्षित हुने गरि आक्रमण भएकाले सुरक्षाको माग गरे।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।