ताजा अपडेट »

दशै, तिहार तथा छठ लक्षित भाटभटेनीकाे भारी छुट अफर

असाेज १७बाट देशैभरीका स्टाेरमा पाइने

मंगलबार, ०८ असोज २०८१, ०८ : ५२
1.90K Shares
मंगलबार, ०८ असोज २०८१
1.90K Shares

बुटवल । नेपालकै सबैभन्भादा टुलाे चेन सुपर स्टटाेर भाटभटेनी सुपरमार्केटले दसैं, तिहार तथा छठ पर्वको अवसरमा आफ्ना सबै स्टोरहरूबाट विभिन्न सामाग्रीकाे खरिदमा भारी छुट प्रदान गर्ने भएको छ । भाटभटेनीले यो योजना यही असोज १७ गते देखि कात्तिक २२ गते सम्म प्रदान गर्न लागेकाे हाे । उपभाेक्ताले याे छुट बुटवल तथा भैरहवाकाे भाटभटेनीका स्टाेरहरू लगायत देशै भरीका सम्पूर्ण स्टाेरहरूबाट छुट प्राप्त गर्न सक्नेछन । 

भाटभटेनीका अनुसार अब उपभाेक्सताले सबै प्रकारका विद्युतीय सामग्रीको खरिदमा २० देखि ४० प्रतिशत सम्म, किचनका निर्धारित सामग्रीमा ३० देखि ५० प्रतिशतसम्म तथा रेडिमेड गार्मेन्टमा पनि भारी छुटको व्यवस्था गरिएको जनाएको छ ।

भाट भटेनीले सबै प्रकारका रेडिमेड तथा जुत्तामा पाँच प्रतिशत छुटको व्यवस्था गरिएकोबताएकाे छ भने अन्य  निर्धारित वस्तुमा  अधिकतम ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ । त्यसैगरी अन्तराष्ट्रिय ब्रान्डका रेडिमेड गार्मेन्ट तथा जुत्ताहरूमा ७० प्रतिशत सम्म छुट दिन रहने बताइएकाे छ।

भाटभटेनीले दशै तिहार जस्ता चाडपर्वमा अधिक माग रहने ग्राेसरी जन्य सामानहरू चामल, दाल, चना, चिउरा, तेल, चिनी, चियालगायतका खाद्यान्नमा भारी छुट दिन लागेकाे छ । जिरा मसिनो स्टिम चामल २२२० रुपैयाँमा अफर अवधिभर प्राप्त गर्न सकिनेछ ।  त्यसैगरी प्रिमियम सोना मनसुली चामलमा प्रति के.जी रु.१२ रुपैयाँ छुट प्रदान गर्दै चाडपर्व अफरमा रु.१५९० रुपैयाँमै प्राप्त गर्न सकिने भएको छ । यो अफर योजनामा लङग्रेन चामल २० के.जीको ३२२५ रुपैयाँमा उपलब्ध गराउन लागिएको छ ।

व्यवसायीयले नाफा आर्जन गर्नेमात्रै नभई आम उपभोक्तालाई सहुलीयत दिने विषयमा पनि ध्यान पुर्याउनु पर्छ भनेर यस्तो योजना सार्वजनिक गरिएको भाटभटेनीका रिजनल म्यानेजर विनाेद भट्टराइले  बताए ।चाड बाडकाे समयमा आम उपभोक्ताले केही सहुलीयत प्राप्त गर्न सकुन् भनेरनै हामीले यो योजना ल्याएका हौँ , उनले भने ।

भाट भटेनीले मसुराेको दाल प्रति के.जी १४८ रुपैयाँ, मासको दाल प्रति के.जी २१३, रहरको दाल प्रति के.जी २८८ रुपैयाँ, मुँगको दाल प्रति के.जी १६७ रुपैयाँ, ब्राउन चना प्रतिकेजी १६८ रुपैयाँ, चिउरा प्रतिकेजी १०८ रुपैयाँमा उपलब्ध गराउन लागिएको बताएकाे छ  ।

तोरीको तेल प्रतिलिटर २७९ रुपैयाँ, सनफ्लावर तेल प्रतिलिटर २०२ रुपैयाँ, सोयाबिन तेल प्रतिलिटर १९७ रुपैयाँमा उपलब्ध गराउन लागिएको छ ।  डीडीसीको घ्यू प्रति केजीमा रु.८१ घटाएर ९९९ रुपैयाँमा प्रदान गर्न लागिएको छ । चिनी प्रति के.जी १०२ रुपैयाँ र चिया प्रतिके.जी ५२५ रुपैयाँमा उपलब्ध गराउन लागिएको छ ।

त्यसैगरी निर्धारित कार्पेटमा २० प्रतिशत सम्म तथा लगेजमा ३० प्रतिशत सम्म छुटको व्यवस्था गर्न लागिएको छ । दसैं, तिहार र छठ जस्ता महान् पर्वलाई ध्यानमा राखेर ग्राहकलाई यसरी छुट प्रदान गर्न लागिएको भाटभटेनीका चिफ अपरेटिङ्ग अफिसर पानु पौडेलले बताएका छन ।

सबै ग्राहकलाई सहुिलयत प्ध्यादान गर्न सिकयाेस भनेर हामीले यो अफर प्रदान गर्न लागेका हौँ,” उनले भने, ।  यस अफरबाट सबै प्रकारका ग्राहकहरू लाभान्वित हुने भाटभटेनिले विश्वास लिएकाे जनाएकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।