ताजा अपडेट »

दक्षिण भारतिय मेगास्टार चिरञ्जीवीको नाम गिनिज वर्ल्ड रेकर्डमा

मंगलबार, ०८ असोज २०८१, ०५ : ४५
76 Shares
मंगलबार, ०८ असोज २०८१
76 Shares

हैदराबाद ।दक्षिण भारतिय मेगास्टार चिरञ्जीवीको नाम गिनिज वर्ल्ड रेकर्डमा लेखीएकाे छ । ४५ वर्षको अभिनय करियरमा १५६ चलचित्रका लागि ५३७ गीतमा २४ हजार डान्स मूभ प्रस्तुत गरेबापत उनले यो सम्मान पाएका हुन् । 

उनलाई अभिनेता आमिर खानले यो अवार्डबाट सम्मान गरेका थिए । यस अवसरमा आमिर खानले चिरञ्जीवीको तारिफ गर्दै भने, ‘यहाँ आउन पाउनु मेरो लागि खुसी र सम्मानको कुरा हो । चिरञ्जीवी गारुका फ्यानहरू देखेर म खुसी छु। मलाई तपाईँहरू माझ समावेश गर्नुभएकोमा म सबैलाई धन्यवाद दिन्छु । म उहाँको (चिरञ्जीवी) को ठुलो फ्यान हुँ।’

hq720

चिरञ्जीवीको डान्स मूभको तारिफ गर्दै आमिर खानले भने, ‘यदि तपाईँले उहाँको कुनै पनि गीत हेर्नुभयो भने, उहाँको हृदय नृत्यमा डुबेको थाहा पाउनुहुनेछ। उहाँलाई धेरै रमाइलो लाग्छ। हामी उहाँबाट कहिल्यै आँखा हटाउँदैनौँ किनभने उहाँ धेरै राम्रो अभिनेता हुनुहुन्छ।’
चिरञ्जीवीले आफ्नो फिल्मी करियर १९७९ मा फिल्म पुनाधिरल्लुबाट सुरु गरेका थिए ।

यद्यपि, बापूद्वारा निर्देशित मन वुरी पाण्डाभुलु उनको पहिलो रिलिज थियो। उनले सन् १९८२ मा रिलिज भएको ‘अन्तलो रामय्या भिडिलो कृष्णय्या’ जस्ता हिट फिल्मबाट मुख्य भूमिका निभाउन थालेका थिए। 

सन् १९८३ मा रिलिज भएको फिल्म कैदीले चिरञ्जीवीलाई रातारात ठुलो सुपरस्टार बनायो । त्यसबेलादेखि चिरञ्जीवीलाई मेगास्टार चिरञ्जीवीको नाम दिइएको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।