ताजा अपडेट »
कला/मनाेरञ्जन

युवा उद्यमी गैह्रेको शब्द सङ्गीतमा ‘उद्यमी’ बोलको गीत सार्वजनिक

सोमबार, ०७ असोज २०८१, २२ : २८
352 Shares
सोमबार, ०७ असोज २०८१
352 Shares

बुटवल । बुटवलका युवा उद्यमी सङ्गीत गैह्रेको शब्द तथा सङ्गीतमा ‘उद्यमी’ बोलको गीत सार्वजनिक भएको छ। गीत आजै श्रीधर अधिकारी’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गायक प्रमोद खरेलको स्वरमा रहेको उक्त गीतमा युवा व्यवसायी सङ्गीत गैरेले स्यमं  शब्द र सङ्गीत भरेका छन् । विभिन्न सपना बोकेर गाउँबाट सहर छिरेको युवाले नयाँ ठाउँमा गरेको मेहनत र पाएको सफलतालाई गीतको भिडिओमा देखाइएको छ।

सार्वजनिक गीतको भिडियोमा स्वयं गैरै आफैले अभिनय समेत गरेका छन्। उनले यसको भिडिओ पनि आफ्नै जीवन कथाबाट प्रभावित भएर तयार पारेका हुन। भिडिओ पनि आफ्नै निर्देशनमा तयार गरेका हुन। पछिल्लो समय युवा पलायनको लहर नै चलिरहेका बेला युवाहरूलाई स्वदेशमै केही गर्न प्रोत्साहन मिलोस् भन्ने सोचले यो गीत बनाएको हुँ,’ सङ्गीतले भने, ।

Untitled-1

आफु व्यावसायिक कलाकार नभए पनि आफ्नै कथामा गीत लेखेको हुनाले पनि भिडियो जीवन्त होस भनेर आफै अभिनय गरेँकाे उनले बताए । भिडिओलाई दीपक गिरीले छायांकन गरेका हुन भने अमृत चापागाईँले सम्पादन गरेका हुन्।गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन्।   

स्याङ्जा  गल्याङका स्थायी  बासिन्दा गैरे विगत ११ वर्षा देखि बुटवलमा रहेर एडभरटाइजिङ साइनेज व्यवसाय मार्फत आफ्नो करियर अगाडी बढाइरहेका छन् ।गीत लेखनका रुचि भएका गैरेकाे यो दास्राे प्रयास हो । यस अघि उनले आफ्नै शब्द तथा सङ्गीतमा प्रमोद खरेल तथा रचना रिमालको स्वरमा तिम्रै बोली नामकाे गीत बजारमा ल्याएका थिए ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।