ताजा अपडेट »

तिनाउको ड्याममा डुबेर एक युवकको मृत्यु

सोमबार, ०७ असोज २०८१, २२ : २३
2.19K Shares
सोमबार, ०७ असोज २०८१
2.19K Shares

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका ३ स्थित तिनाउ खोलाको पावर हाउसको ड्याममा पौडी खेल्ने क्रममा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । भारत उत्तरप्रदेश आगराबाट घुम्न आएका २६ वर्षिय विशाल कुमार तवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना बारे खवर प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको एरियामा मृत अवस्थामा फेला परेको पाल्पा प्रहरी प्रवक्ता डिएसपी सुगन्ध श्रेगठले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।