ताजा अपडेट »

रुपन्देहीको भैरहवामा आठौं मेयर कप स्नुकर प्रतियोगिता

सोमबार, ०७ असोज २०८१, १२ : १९
42 Shares
सोमबार, ०७ असोज २०८१
42 Shares

बुटवल । रुपन्देहीको भैरहवामा आठौं मेयर कप जिल्ला स्तरीय स्नुकर प्रतियोगिता सुरु भएको छ । रूपन्देही  पुल तथा स्नुकर संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

खेलको उदघाटन गदै पूर्व सांसद प्रमोद यादवले ब्रेक गरी प्रतियोगिता शुभारम्ब  गरेका थिए । कार्यक्रममा बोल्दै यादवले अरु खेलहरु जस्तै स्नुकर खेलको पनि ठूलो महत्व  र सम्भाबना रहेकोले इनडोर कवर्ड हल जस्तै जिल्ला स्तरको कवर्डहल बनाउन जरुरी रहेको बताए । स्नुकर खेल बाहिर नखेलिने भएकोले यसको प्रचार प्रसार कमि भएकोले  खेलप्रति आम नागरिकको सोचाई  केही गलत  रहेको बताए । स्नुकर खेलको बिकास गर्न आफूले  भैरहवामा स्नुकरको कवर्डहल निर्माणका लागि पहल गर्ने भन्दै स्थानीय तहलाई पनि सहकार्यमा ल्याउने प्रतिबद्धता जनाए ।

rupandehii snukar

नेपाली काँग्रेस नगर सभापती तथा तेक्वान्दोका राष्ट्रिय खेलाडी कोशिष बहादुर खड्का, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, सल्लाहकार सुरज मकाजू संघका उपाध्यक्ष बासु प्रधानले स्नुकरबाट राष्ट्रको प्रतिनिधित्व हुने गरी खेलाडी उत्पादन भएपनि खेलको बारेमा सबैलाई बुझाउनु जरूरी रहेको बताए । स्नुकर खेल विश्वमा पुरानो र प्रतिष्ठित खेल भए पनि नेपालमा भने ओझेलमा परेको  र अन्य खेल जस्तै स्नुकर पनि राष्ट्रिय खेलमा समावेश हुनुपर्ने  उनीहरूको भनाई छ । 

सात वटा जिल्लास्तरीय प्रतियोगिता बुटवलमा सम्पन गरेको भएपनि ८ औँ प्रतियोगिता भैरहवालाई प्राथमिकता दिई पहिलोपटक जिल्लास्तरीय प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष सुजन पुनले बताए । संघका सल्लाहकार तथा खेल संयोजक विजय थापाले १२८ जना खेलाडी प्रतियोगितामा सहभागी भएको बताए । प्रतियोगिताको विजेताले  हुने खेलाडीले नगद ६१ हजार कप मेडल प्रमाणपन्र पाउने छन भने उपविजेताले नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र पाउने छन । प्रतियोगितामा सर्वाधिक ब्रेकरले नगद १० हजार रुपैया,  राईजिङ प्लियरले ५ हजार र प्रत्यक खेलमा ५० स्कोर बनाउने खेलाडीले ११ सय नगद पाउने छन यसको सौजन्य पिन्स ज्वलर्सले गरेको खेल संयोजक बिजय थापाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।