ताजा अपडेट »

सुनको मुल्यमा नयाँ किर्तिमान

सोमबार, ०७ असोज २०८१, ११ : ०५
138 Shares
सोमबार, ०७ असोज २०८१
138 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार सुन तोलामा ४ सयले बढेर प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । 

यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १९२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।