ताजा अपडेट »

आईसीसी विश्वकप लिग-२ : नेपालको लगातार तेस्रो हार

सोमबार, ०७ असोज २०८१, ०६ : ०८
168 Shares
सोमबार, ०७ असोज २०८१
168 Shares

बुटवल । क्यानडामा जारी आइसिसी विश्व कप लिग २ को तेस्रो खेलमा पनि नेपाल पराजित बनेको छ । घरेलु टोली क्यानडासँग खरब प्रदर्शन कारण नेपाल ५ विकेटले पराजित हुन पुगेको हो । 

सोमबार विहान सम्पन्न खेलमा १ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो । नाभिनित धालिवा र प्रगत सिंहको अर्धशतकको मद्दतमा क्यानडाले सहज जित निकालेको थियो ।
ओपनर आरोन जोन्सन खाता नखोल्दै आउट भएका थिए । त्यसअघि अर्का ओपनर धालिवाल र प्रगतले दोस्रो विकेटका लागि १ सय २२ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए ।

धालिवालले टोलीका लागि सर्वाधिक ८७ रन बनाएका थिए । १ सय १३ बल खेल्दै उनले ८ चौका र ४ छक्का प्रहार गरेका थिए । प्रगतले ८३ बलमा ७ चौका र २ छक्काको मद्दतमा ६४ रन बनाएका थिए । हर्ष ठाकरले १३ रन जोडेका थिए । निकोलस र्कितनले नटआउट ११ रन बनाएका थिए । नेपालका लागि सन्दीप लामिछानेले २ तथा करण केसी, गुलशन झा र ललित राजवंशीले समान १ विकेट लिएका थिए ।

किङ सिटीमा त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा अल आउट हुँदै १ सय ८१ रन मात्र बनाएको थियो । टोलीका लागि सन्दीपले ४८ बलमा सर्वाधिक ४९ रन जोडेका थिए । उनले ५ चौका र १ छक्का प्रहार गरेका थिए । सन्दीपको ओडिआई करियरको यो उत्कृष्ट ब्याटिङ प्रदर्शन हो । यस अघि सन्दीपले सन् २०२३ मा पिएनजीसँग ५० बलमा नट आउट ३५ रन बनाएका थिए ।

गुलशन झाले ५६ बलमा ३४ रन बनाएका थिए । सातौं विकेटका लागि आरिफ शेखसँग मिलेर गुलशनले ३४ रनको साझेदारी गरेका थिए । आरिफले ३३ बलमा १० रन मात्र बनाएका थिए । आठौं विकेटका लागि सन्दीपले सोमपाल कामीसंग ५५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । सोमपाल ४८ बलमा २१ रन बनाउदै साद विन जाफरको बलमा आउट भएका थिए ।

ओपनर अर्जुन साउदले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । करण केसी र सन्दीप लामिछानेले नवौं विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । करणले २८ बलमा २४ रन बनाएका थिए । क्यानडाका लागि कलिम सानाले ३, हर्ष ठाकरले २ तथा सादविन जाफर, डिलोन हेलिगर र प्रविन कुमारले समान १ विकेट लिएका थिए । यसअघिका नेपाल क्यानडासँग १ सय ३ तथा ओमानसँग १ विकेटले पराजित भएको थियो ।

त्रिकोणात्मक सिरिजमा सोमवार नेपाल र ओमानबीच खेल हुनेछ । ८ टोलीको सहभागिता रहेको लिग टुमा १४ अंकका साथ क्यानडा शीर्ष स्थानमा छ । ७ खेलमा २ अंकका साथ नेपाल अंकतालिकाको पुछारबाट दोस्रोमा छ । ६ खेलमा ओमानको ५ अंक छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।