ताजा अपडेट »
ग्लाेबल ट्रेन्डिङमा गीत

युट्युबको ग्लोबल ट्रेन्डिङमा ‘रुकुम मैकोट’ पनि (भिडियाे)

आइतबार, ०६ असोज २०८१, २२ : २८
148 Shares
आइतबार, ०६ असोज २०८१
148 Shares

काठमाडौं । युट्युबको ग्लोबल म्युजिक ट्रेन्डिङमा नेपाली कथानक चलचित्र खुस्माको गीत ‘रुकुम मैकोट’ पनि परेको छ । टिकटक, फेसबुक र इन्स्टाग्राममा समेत भाइरल यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा परेको हो । विश्वका अधिकांश देशबाट हेरिएका शीर्ष १०० म्युजिक भिडिओमध्ये यो ७३ औं स्थानमा छ । 

नेपालमा याे गीत म्युजिक ट्रेन्डिङको शीर्ष स्थानमा छ । चार हप्ताअघि सार्वजनिक भएको यस गीतमा यो समाचार तयार पार्दासम्म एक करोड ३८ लाख बढी भ्युज आइसकेको छ । एसडी योगी र शान्तिश्री परियारको स्वरमा रहेकको यस गीतमा धिरज मगर र उपसना सिंह ठकुरीको अभिनय छ भने गीत सुरेन्द्र रानाले लेखेका छन् । 

असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आएकाे चलचित्रको गीतलाई दर्शकले राम्राे साथ दिएका छन् । गीतमा प्रवीन सरुको शब्द रहेकाे छ । एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रकाे लेखन तथा निर्देशन अशोक थापा मगरले गरेका हुन् । केही डकुमेन्ट्री फिल्मको लेखन तथा निर्देशन गरेका मगरको यो पहिलो फिचर फिल्म हो । 

विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर तथा बेतान मगर निर्माता रहेकाे चलिचत्रमा सुस्मिता बुढाथोकी सह निर्माता रहेकी छन । चलचित्रलाइ दीपक बज्राचार्यले छायाङ्कन गरेका छन । असोज ३ मा सार्वजनिक भएसंगै  खुस्मा चलचित्रले हलहरूमा राम्रै व्यापार गरिरहेको बताइर्छउकाे छ ।

नेपालमा टिकटक प्रतिबन्ध खुले  लगत्तै बढी चर्चा पाएकामध्ये यो एउटा गीत हो । त्यस्तै यसअघि नेपालबाट ग्लोबल ट्रेन्डिङमा ‘कस्मिरे पछ्यौरी’ भाकाको गीत परेको थियो । सुरुवातमा शीर्ष ९९ मा परेको यो गीत शीर्ष ९२ हुँदै अहिले शीर्ष ८२ औं स्थानमा छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।