दिनेश खड्का
स्टिम शिक्षा !!
अब तीन घन्टाको परीक्षाले दक्ष जनशक्ति उत्पादन गर्न सकिँदैन । समृद्ध देश बनाउने हो भने अध्ययन, अनुसन्धानमा जोड दिइनुपर्छ । ज्ञानको नवीकरण अहिलेको आवश्यकता हो । ज्ञान शास्त्र जस्तो होइन । शास्त्र परिवर्तन हुँदैन । ज्ञान विज्ञान परिवर्तनशील छ । जबसम्म विद्यालयमा स्टिम शिक्षा सुरु हुँदैन, तबसम्म शिक्षामा प्रगति हुन सक्दैन । विद्यार्थीलाई कक्षा कोठामा राखेर पढाउने, पाठ कण्ठ गराउने, नोट लेखाउने परम्पराको अन्त्य हुनुपर्छ ।
विद्यार्थीलाई समूहमा छलफल गराउने, एकअर्कामा कुरा सेयर गर्न लगाउने र अन्वेषणमा प्रेरित गर्नुपर्छ । अनि मात्र शिक्षाको गुणस्तर र समृद्ध मुलुक बन्छ । गणित, विज्ञान, टेक्नोलोजीजस्ता विषय सुगा रटाइ र धर्मशास्त्र पढाएजसरी पढाइन्छ, अनि कसरी हुन्छ गुणस्तरीय शिक्षा ? पाठ कण्ठ गराएर कहिलेसम्म विद्यार्थीलाई पढाउने ? यो अवधारणाको विकल्पमा आएको हो स्टिम एजुकेसन ।साइन्स, म्याथम्याटिक्स, टेक्नोलोजी र इन्जिनियरिङ घोकाउने विषय होइन । स्टिम एजुकेसनले विद्यार्थीलाई घोकाउने विधि सिकाउँदैन ।
अनुसन्धानमा आधारित मानिसको दैनिक जीवनसँग जोडिएको विषय सिकाउँछ ।
प्रतिक्रिया