ताजा अपडेट »
राजमार्गमा चार्जिङ स्टेसन

नवलपुरको कावासोतीमा ५ नोजल सहितको फास्ट इभि चार्जिगं स्टेशन सन्चालनमा

आइतबार, ०६ असोज २०८१, ०९ : ४३
264 Shares
आइतबार, ०६ असोज २०८१
264 Shares

कावासोती । महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासी पूर्वको लोकाहामा विद्युतीय सवारी साधन चार्जिङ स्टेसन  सञ्चालनमा आएको  छ ।  कावासोती नगरपालिका–११ लोकाहामा एकै पटक ५ वटासम्म विद्युतीय गाडीहरू चार्ज गर्न मिल्ने गरी चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो ।

कावासोती बजारबाट करिब ५ किलोमिटर पूर्वमा रहेको लोकाहा खोला देखी करिब २० मिटर पश्चिम तर्फ कावासोती इभि चार्जिगं स्टेसनको नामबाट सञ्चालनमा आएको उक्त चार्जिगं स्टेसनबाट नवलपुर जिल्लाका अधिकांश इभि प्रयोगकर्ताहरूका साथै बुटवल नारायणगढ सडक खण्ड भएर यात्रा गर्ने विद्युतीय सवारीहरूलाई समेत ढुक्क भएर यात्रा गर्न सक्ने वातावरण सिर्जना भएको छ ।

06260e8d-00cc-41ab-a381-8cbf989ac54e
 
कावासोतीकै युवा व्यवसायी विष्णु अधिकारीले राजमार्गमा जोडिएको करिब ५ कट्ठा जग्गामा चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा ल्याएका हुन् । पछिल्लो समय विद्युतीय सवारी साधनको चाप बढ्दो मात्रामा रहेको र सरकारको समेत विद्युतीय सवारी लाई प्रोत्साहन गर्ने अवधारणा अनुरूप विद्युतीय सवारीको फास्ट चार्जिगं स्टेसन सञ्चालनमा ल्याइएको सञ्चालक अधिकारीले बताए ।

f9dbd492-b030-4a76-a57d-c49a704cc685

हरेक दिन बिहानैदेखि चार्जिङका लागि गाडीको लाइन लाग्ने गरेको पनि बताउँदै गाडीको ब्याट्री क्षमता अनुसार चार्जिङको शुल्क लिने गरिएको उनको भनाई छ । कति शुल्क लिने भन्ने सरकारी मापदण्ड भने अहिले सम्म छैन ।

महेन्द्रराजमार्गको बुटवल–नारायणगढ सडकको १ सय १४ किलोमिटर खण्डमा निर्माण गरिएको यो पहिलो चार्जिङ स्टेसन हो । आगामी एक वर्षभित्र थप १५ वटा गाडी एकै पटक चार्ज गर्न मिल्ने क्षमताको चार्जिङ स्टेसन  विस्तार गरिने  योजना रहेको अधिकारीले बताएका छन्। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।