बुटवल । भारतबाट नेपाल आएर जबरजस्ती करणी गरेको आरोपमा ४ जना भारतीय र २ जना नेपाली नागरिकसहित ६ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
नेपाली युवतीलाई जबर्जजस्ती करणी गरेको आरोपमा भारत महाराजगञ्जका ३७ वर्षीय अफरोज समी, सोही ठाउँका २७ वर्षीय सालु खान, ३१ वर्षीय अत्तर खाँन र गोरखपुरका २७ वर्षीय बब्लु खाँनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी मनोहर भट्टले जानकारी दिए । उनका अनुसार पक्राउ पर्ने नेपालीहरुमा रुपन्देही ओमसतिया गाउँपालिका वडा नम्बर ४ बस्ने ३२ वर्षिय साहरुख तेली र सोही ठाउको २५ वर्षिय अकबर खाँन रहेका छन् ।
आरोपितहरुले २१ वर्षिया भैरहवा–१४ (परिवर्तित नाम) लाई यहि असोज ३ गते सिद्धार्थनगर नगर पालिका वडा नम्बर ३ मा रहेको होटल आरोमामा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । भैरहवा–१४ (परिवर्तित नाम) आफैले जबरजस्ती करणी गरेको जाहेरी दिएको आधारमा उनीहरुलाई पक्राउ गरिएको डिएसपी भट्टले बताए ।
आरोपितहरुलाई असोज ४ गते रुपन्देही जिल्ला अदालतमा पेश गरि थप अनुसन्धानको लागि ७ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया