ताजा अपडेट »
भगवान

भगवानः कविता

आइतबार, ०६ असोज २०८१, ०५ : ५९
142 Shares
आइतबार, ०६ असोज २०८१
142 Shares

 

 

भगवान भएर बाँचिरहेछन मन्दिरमा ढुङ्गाहरू 
घरका भगवान बाँचिरहेछन वृदा‌‌आश्रम तिर बरु ।।

ए मुर्ख, कति मुर्ख भई बाँच्छौ तिमिहरु
असलि देवता छाडि ढोग्छउ ढुङ्गाहरू ।।

आँखा र मनको सम्बन्ध क्या गजबको 
मन दुखायी रूवाइरहे सच्चा देवताहरुको ।।

खोलाका ढुङ्गाहरू बरु सागर सम्म पुगे
असली देवताहरु कठै पर्खाइमा थाकीसके ।।

मुर्खता हटी मानवता उनका मनमा जागे
लिन अवस्य जान्छन नौ महिना कोखमा जो बसे ।।

 ✍️ सागर गौतम

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।