ताजा अपडेट »
क्रिकेट

दक्षिण अफ्रिका विरुद्धको एकिदवसीय श्रृङ्रखला अफगानिस्तान लाई

दक्षिण अफ्रिकालाई चखायो लज्जास्पद हार

शनिबार, ०५ असोज २०८१, २० : २६
14 Shares
शनिबार, ०५ असोज २०८१
14 Shares

अफगानिस्तानले ऐतिहासिक रूपमा पहिलो पटक दक्षिण अफ्रिका विरुद्धको सिरिज जितेको छ। यस अघि सिरिजको पहिलो खेलमा जितकाेदक्षिण अफ्रिका विरुद्धको ३ एक दिवसीय श्रृङ्रखलाकाे दोस्रो खेलमा पनि दक्षिण अफ्रिकालाई हराउँदै अफगानिस्तानले शृङ्खला माथि कब्जा जमाएको हो ।  अफगानिस्तानले पहिलो पटक ‘उच्च श्रेणी’ प्राप्त टोली विरुद्ध एक खेल अघि नै सिरिज जितेको हो।आइसिसीको वरीयतामा शीर्ष ५ स्थानमा रहेको टोली विरुद्ध अफगानिस्तानको यो अहिले सम्मकै  सबैभन्दा ठुलो सफलता हो ।

शुक्रवार राति शारजाहमा भएको खेलमा अफगानिस्तानले १ सय ७७ रनको जित हासिल गरेको हो। ३ सय १२ रनको लक्ष्य का साथ जवाफी ब्याटिङमा आएकोको दक्षिण अफ्रिकाको टोली ले ३४.२ ओभरमा अल आउट हुँदै १ सय ३४ रन मात्र बनाउन सक्यो । टोलीका लागि कप्तान तेम्बा बाभुमाले सर्वाधिक ३८ रनको योगदान दिए ।

त्यस्तै, अर्का ओपनर टोन डे जोर्जीले ३१ रन बनाए । ऐडन मार्क्रमले २१ तथा रिजा हेन्ड्रिक्सले १७ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । आफ्नो जन्मदिन मनाइरहेका रासिद खानले घातक बलिङ गर्दै ९ ओभरमा  १९ रन मात्र खर्चेर ५ विकेट लिए । उनलाई नाङगेया लियाखारोटेले ४ विकेट लिँदै राम्रो साथ दिए । अज्मतुल्लाह ओमारजाईले थप १विकेट लिए ।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ११ रन बनाएको थियो । टोलीका लागि रहमानुल्लाह गुरबाजले सतकीय इनिङ्स खेले । उनले ११० बलमा १ सय ५ रन बनाए । यस क्रममा उनले १० चौका र ३ छक्का समेत प्रहार गरे । त्यस्तै, अज्मतुल्लाह ओमारजाईले ५० बलमा ८६ रन जोड्दै नट आउट   रहे जसमा उनले  ५ चौका र ६ छक्का प्रहार गरे । रहमत शाहले पनि ६६ बलमा ५० रन बनाए।

यस अघि भएको सिरिजको पहिलो खेलमा अफगानिस्तान ले दक्षिण अफ्रिका लाई ६ वि केटले पराजित गरेको थियो । यो सँगै अअफगानिस्तानले  ३ खेलको शृङ्खला २–० ले जित्दै सिरिज आफ्नाे कब्जामा लिएको छ । अब सिरिजको तेस्रो खेल आइतबार खेलिनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।