ताजा अपडेट »

एनपीएलको अक्सनका लागि दर्ता खुला : कुन ग्रेडका खेलाडीले कति पाउछन् रकम ?

शनिबार, ०५ असोज २०८१, १४ : ४६
60 Shares
शनिबार, ०५ असोज २०८१
60 Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा भाग लिने खेलाडीका लागि दर्ता आह्वान गरेको छ । शनिबार प्रेस विज्ञप्ति मार्फत सूचना जारी गर्दै अक्सनमा सहभागी हुन चाहने खेलाडीले अनलाइन मार्फत नाम दर्ता गर्न सक्ने उल्लेख गरेको छ । 

खेलाडीले आफूलाई अक्सनमा ए, बी र सी ग्रेडमा दर्ता गर्न सकिनेछ । ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख रुपैयाँ तोकिएको छ । उक्त मूल्य बढीमा १५ लाखसम्म जानेछ । एउटा ए ग्रेडको खेलाडीलाई १५ लाखसम्म एक भन्दा बढी टोलीको बोली लागेको खण्डमा चिट्ठा थुतिने क्यानका प्रबक्ता छुम्बी लामा बताउँछन् ।

बी ग्रेडका खेलाडीको न्यूनतम मूल्य ५ लाख राखिएको छ । बी ग्रेडका खेलाडीको उच्चतम मूल्य १० लाख सम्म पाउनेछन् । १० लाख भन्दा बढी भएमा चिट्ठा थुतिनेछ । त्यस्तै सी ग्रेडका खेलाडीको न्यूनतम मूल्य २ लाख राखिएको छ । बढीमा ५ लाखसम्म जानेछ । त्यसपछि चिट्ठा थुतिनेछ ।

खेलाडीलाई दर्ता गर्न एक हजार शुल्क लाग्नेछ । दर्ताको अन्तिम समय असोज १२ गतेसम्म राखिएको छ । एनपीएल नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा हुँदैछ । एनपीएलमा काठमाडौं, पोखरा, चितवन, विराटनगर, जनकपुर, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली गरी आठ टोली छन् । प्रतियोगिताका लागि क्यानलेनै तोकेका ८ मार्की खेलाडीको पारिश्रमिक भने २० लाख रहेको छ । जस अन्तरगत राष्ट्रिय टोलीका कप्तान रोहित शर्मा, दिपेन्द्र सिं ऐरी, कुशल भुर्ते, कुशल मल्ल, करन केसी, सन्दीप लामिछाने, सोमपाल कामी र आशिफ शेख रहेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।