ताजा अपडेट »

लुम्बिनी इन्टिग्रेटेड एकेडेमीद्वारा विद्यार्थीहरूको लागि सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सम्बन्धी अभिमुखीकरण

शनिबार, ०५ असोज २०८१, ०९ : ३७
14 Shares
शनिबार, ०५ असोज २०८१
14 Shares

बुटवल । तिलोत्तमा स्थित लुम्बिनी इन्टिग्रेटेड एकेडेमीले विद्यार्थीहरूको लागि सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन लुम्बिनी प्रदेशका प्रमुख एसपी श्याम खत्रीको विशेष उपस्थितिमा विएएलएलवी प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको लागि सो अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै एसपी श्याम खत्रीले वर्तमान समयमा ट्राफिक प्रहरीको भूमिका,  राजमार्ग सुरक्षा र दुर्घटनामा युवाहरूले खेल्नुपर्ने भुमिका बारेमा प्रशिक्षित गरे ।

गएको आर्थिक वर्षमा मात्र लुम्बिनी प्रदेशमा ११२० जनाको मानिस दुर्घटनाको कारणले मृत्यु भएको र धेरै मानिस हरू गम्भीर घाइते भएको रिपोर्ट सुनाए। अधिकांश दुर्घटना मानवीय कारणले हुने गरेकोले ट्राफिक सचेतना सम्बन्धी नेपाल प्रहरीले निर्माण गरेको भिडियो देखाउँदै ट्राफिक नियम उल्लङ्घन र दुर्घटना हुने कारणहरूको बारेमा विद्यार्थीहरुलाई सचेत गराइएको थियो। 

IMG-20240920-WA0029

 अभिमुखीकरण कार्यक्रम सङ्गै बिद्यार्थीहरुले योगिकुटि शान्तिकुञ्जमा ट्राफिक नियमहरूको कसरी कार्यान्वयन गर्ने भनेर भनेर अभ्यास समेत गरेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।