ताजा अपडेट »
कला/मनाेरञ्जन

चलचित्र ‘कल्ली’बाट पल शाह हटाइएसंगै एकपछि अर्का कलाकार भित्रीदै

शनिबार, ०५ असोज २०८१, ०८ : ३८
20 Shares
शनिबार, ०५ असोज २०८१
20 Shares

बुटवल/ निर्माण पक्षले एकतर्फी रूपमा सम्झौता तोड्दै चलचित्र ‘कल्ली’ बाट अभिनेता पल शाह निकाले पछि  चलचित्रमा एकपछि अर्का कलाकारहरू अनुबन्ध भएका छन् । अभिनेता शाहको ठाउँमा सौगात मल्ललाई केही दिनअघि अनुबन्ध गरिएको थियो भने अहिले चलचित्रमा अर्पण थापा, बुद्धि तामाङ र कमलमणि नेपाल अनुबन्धित भएका छन् । प्रदर्शन अगाडी निकै चर्चामा रहेको चलचित्र ‘रावायण’ नचलेपछि  उनलाई ‘कल्ली’का निर्माण पक्षले  एडभान्स रकमसमेत माया मारेर  एकतर्फी रूपमा सम्झौता तोडी चलचित्र बाट निकालेको थियो ।

रावायण चलचित्र नचल्नुमा पल शाहको  गायिका समिक्षाा अधिकारी सङ्गको विगतको घटनाले पनि  असर गरेको हो की भन्ने फिल्मी पण्डितहरूको अनुमान छ । सोही कारण पनि  ‘कल्ली’ निर्माण युनिटले थप रिस्क मोल्न चाहेन र सजग हुँदै अभिनेता शाहलाई  अफ्नाे चलचित्र बाट निकालेको चर्चा फिल्मी बजारमा  व्यापक चलिरहेको छ ।

निर्माण पक्षले ‘कल्ली’ चलचित्रका लागि पल शाहको क्यारेक्टर लुक्छ सहितका २ पोस्टर पनि यसअघि नै सार्वजनिक गरिसकेको थियो । तर, चलचित्रमा पल भएका कारण प्रस्ताव गरिएका अन्य कलाकारहरूले पनि फिल्म खेल्न अस्वीकार गरेको समेत चर्चा चलेको छ । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको सहकार्यमा निर्माण हुन लागेको चलचित्र ‘कल्ली’ को अन्य तीन मुख्य पात्रको भूमिकाबारे निर्माण पक्षले हालसम्म केही खुलाएको छैन । निर्माता किरण नेपालीको प्रस्तुति रहने यो चलचित्रमा लक्ष्मण सुनारले कथा तथा निर्देशनको जिम्मेवारी लिएका छन् ।
 
यसअघि लक्ष्मणले चलचित्र ‘बुलाकी’ निर्देशन गरेका थिए । ‘कल्ली’को पटकथा र संवाद महेश दवाडीले लेखेका छन् भने सुरज आचार्य निर्माण प्रमुखको भूमिकामा रहेका छन् । यो चलचित्रलाई आगामी नयाँ वर्ष २०८२ को अवसर पारेर चैत्र २९ गते देशै भरी प्रदर्शन गर्ने तयारी गरिएको छ । चलचित्रको पोस्टर  डिजाइन राकेश दाहालले तयार पारेका हुन् ।  चलचित्र  कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानहरूमा छायाङ्कन हुने निर्देशक सुनारले जानकारी गराएका छन् । कल्लीको छायाङ्कन तिहारपछि सुरु हुने योजना रहेको बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।