ताजा अपडेट »

संविधान संशोधन गरेर प्रदेश खारेज गर्नुपर्छः चित्रबहादुर केसी

शुक्रबार, ०४ असोज २०८१, १८ : ४८
28 Shares
शुक्रबार, ०४ असोज २०८१
28 Shares

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधन गरेर प्रदेश खारेज गर्नुपर्ने बताएका छन् । संघीयताभित्रको प्रदेशले संविधान र गणतान्त्रिक प्रणाली कमजोर बनाएको बताए । शुक्रबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय जनमोर्चाको दोस्रो राष्ट्रिय परिषद् बैठकमा बोल्दै अध्यक्ष केसीले संघीयता खारेज नहुँदासम्म संविधान कार्यान्वयन हुन नसक्ने बताए । 

उनले  भने,‘कांगे्रस र एमालेले संविधान संशोधन गर्छौँ भनेपनि के विषयमा संशोधन गर्ने भनेर जनताका अगाडि भन्न सकेका छैनन् । जसले गर्दा आशंका उत्पन्न भएको छ जनतालाई प्रष्ट पारेर संघीयता खोरज गर्ने गरी संविधान संशोधन गनुर्पछ ।’  प्रदेशमा हुने ४ खर्व बजेट स्थानीय तहमा पठाएर जनचाहानाअनुसार विकासमा लगाउनु पर्ने बताउँंदै अध्यक्ष केसीले थपे, ‘प्रदेशको अनावश्यक खर्चले देश कंगाल भयो । संघीयताविरुद्ध देशमा ठूलो जनमत तयार भएपनि आफ्नो पार्टीले त्यसलाई क्यास गर्न सकेन । सत्ता, शक्ति र पैसाको आडमा चुनाव हुँदा  सही एजेण्डा बोकेको राष्ट्रिय जनमोर्चा पछि पर्यो । 

अध्यक्ष केसीले गणतन्त्र खतरामा रहेको उल्लेख गर्दै हिजो लोकतान्त्रिक गणतन्त्र ल्याउन लडेका शक्तिबाटै गाणतन्त्र खतरामा रहेको दाबी गरे । राज्य सत्तामा बस्नेहरुले चरम भ्रष्टाचार गरेकाले राजनीतिक दल र यो व्यवस्थाप्रति जनता निरास हुँदै गएको बताए । ‘ राजनीति गर्ने देश र जनताको पक्षमा हो तर नेपालमा भ्रष्टाचार गरेर सम्पत्ति कमाउन र नेपालीलाई नक्क्ली भूटानी शरणार्थी बनाएर सम्पत्ति कमाउन राजनीति गरिएकाले देश संकटमा परेको हो ।’ उनले भने ।

अमेरिकन नागरिकता बोकेकालाई निर्वाचन आयोगले सांसद र मन्त्री बनाएको उल्लेख गर्दै वंशजको आधारमा नेपाली नागरिकता बाड्दा लाखौँ विदेशीले नेपाली नागरिकता पाएको बताए । भविष्यमा नेपालमा नेपाली अल्पमतमा पर्ने र विदेशीको बहुमत हुने सम्भावना रहेकाले सचेत हुन अध्यक्ष केसीले नेपाली जनतालाई आग्रह गरेका छन् । सहकारी ठगहरुलाई यो सरकारले कारवाही गर्न नसक्ने बताउँदैठगै ठगहरु मिलेर बनेको सरकारले केही गर्न नसक्ने अध्यक्ष केसीको दाबी छ । एमसीसी परियोजनामार्फत अमेरिकाले चीनविरुद्ध नेपालको भूगोल प्रयोग गर्न लागेको उल्लेख गर्दै एमसीसी र अमेरिका नेपालको हितमा नभएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।