ताजा अपडेट »

अखाद्य वस्तु भेटिएपछि बन्द भएको हैदराबादी विरयानीलाई पुनः सञ्चालनको अनुमति

शुक्रबार, ०४ असोज २०८१, १७ : ४५
92 Shares
शुक्रबार, ०४ असोज २०८१
92 Shares

बुटवल । अखाद्य बस्तु फेला परेपछि बुटवल उपमहानगरपालिकाको अनुगमनपछि बन्द भएको हैदराबादी बिरयानी पसलले पुनः सञ्चालनको अनुमति पाएको छ । बुटवल नेपालगन्जरोडमा रहेको हैदराबादी बिरयानी सेन्टरमा गत भदौ २० गते अनुगमन गर्दा फोहोरो र सढेको मासु भेटिएपछि बुटवल उपमहानगरले सञ्चालनमा रोक लगाउनुका साथै जरिवाना समेत गरेको थियो । 

उपमहानगरले सञ्चालकलाई कारबाहीसँगै आवश्यक सुधार गरी आगामी दिनमा गल्ती नदोर्याउनेसर्तसहित पुनः सञ्चालनको अनुमति दिएको उपप्रमुख सावित्रादेवी अर्यालले जानकारी दिइन् । उपमहानगरको अनुगमन टोलीले शुक्रबार पुनः अनुगमन गर्दा सुधार भएको भन्दै सञ्चालन गर्न भनेको हो ।  ‘हामीले कुनै व्यवसायीलाई हतोत्साही बनाउनु हुंदैन भन्नेमा स्पष्ट छौं’–अर्यालले भनिन्–‘व्यवसायीले पनि उपभोक्ताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर व्यवसाय चलाउनुपर्छ ।’ उनले उपमहानगरपालिकाले अनुगमनलाई निरन्तरता दिइरहने  समेत बताइन् ।  

अनुगमनपछि  उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले हैदराबादी बिरयानी सेन्टरको भान्सामा धेरै राम्रो सुधार भएकोले बताए । बिरयानी सेन्टरका  सञ्चालक जनक खड्काले बुटवल उपमहानगरपालिकाले दिएको निर्देशन अनुसार भान्सामा सुधार गरेर पुनः सञ्चालनमा ल्याएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।