ताजा अपडेट »

मानवअधिकार तथा शान्ति समाज रुपन्देहीको अध्यक्षमा ज्ञवाली

शुक्रबार, ०४ असोज २०८१, १३ : २७
28 Shares
शुक्रबार, ०४ असोज २०८१
28 Shares

बुटवल । मानव अधिकार तथा शान्ति समाज रूपन्देहीको अध्यक्षमा अर्जुन ज्ञवाली चयन भएका छन् । समाज रुपन्देहीको बिहिबार भएको  २५औं अधिवेशनले ज्ञवालीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो।

जसको उपाध्यक्षमा कृष्णप्रसाद पाण्डे ,सचिवमा लिलाधर लुइटेल , सहसचिवमा अर्जुन कुँवर, कोषाध्यक्षमा मोहनीलाल न्यौपाने तथा सदस्यहरूमा केशवराज पाण्डे, कृष्ण भण्डारी, रत्न कंडेल कल्पना ढकाल, कल्पना रसाली र उमादेवकोटा रहेका छन् ।

साथै मनोनित सदस्यहरूमा सीता भट्टराई, दिनेशमणि सुवेदी ,सागर भुसाल र छमकला पौडेल छनोट भएको निर्वाचन समिति संयोजक हरिष ढकालले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।