ताजा अपडेट »

उद्योग बाणिज्य महासंघको स्थायी समिती सदस्यमा मिया चयन

शुक्रबार, ०४ असोज २०८१, ११ : ५९
34 Shares
शुक्रबार, ०४ असोज २०८१
34 Shares

बुटवल । नेपाल उद्योग बाणिज्य महासंघको आठौं कार्यकारिणी समितिको बैठकले महासघंका केन्द्रिय सदस्य जमशेर अलि मियालाई स्थायी समिती सदस्यको रूपमा चयन गरेको छ । महासंघका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद ढकालले केन्द्रिय सदस्य मियाको नाम स्थायी समितीमा प्रस्ताव गरेका थिए ।

मिया सहित ११ जनाको स्थायी समितिले महासघंको तत्कालीन निर्णय गर्ने अधिकार रहेको हुँदा यो समिती कार्यसमिती भन्दा महत्त्वपूर्ण मानिएको छ ।कपिलवस्तु जिल्लाको चन्द्रौटामा निवासी जमशेर अलि मियाले उद्योग र व्यापारको क्षेत्रमा लामो अनुभव संकलन गर्नु भएको छ । मियाले स्थायी समिती सदस्यको रूपमा चयन गरेकोमा अध्यक्ष ढकाललाई धन्यवाद दिएका छन् ।

मियाले आफ्नो चयनलाई एक ठूलो उपलब्धिको रुपमा लिएको र उद्योग र व्यवसायको क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।महासंघका स्रोतहरूले मियाको चयनले स्थायी समितीको कार्यक्षमता र प्रभावकारिता वृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

मियाले आगामी दिनहरूमा महासंघका योजनाहरू र परियोजनामा सक्रिय भूमिका खेल्ने बताइएको छ । जसले महासंघलाई आगामी चुनौतीहरूको सामना गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ।जमशेर अलि मियाले आफ्नो भूमिका प्रति गम्भीरता व्यक्त गर्दै, “यस जिम्मेवारीलाई निर्वाह गर्न पूर्ण प्रतिबद्ध रहेको बताए ।

मियाले भने” उद्योग र व्यापार क्षेत्रको विकासमा योगदान पुर्याउने प्रयासमा म निरन्तर लागिरहेको छु । ,”मियाको चयनले नेपाल उद्योग बाणिज्य महासंघको स्थायी समितीलाई नयाँ उत्साह र ऊर्जा दिने विश्वास गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।